यी हुन् सात नक्कली डाक्टर, विभिन्न हस्पिटलमा काम गर्दै गर्दा यसरी पक्राउ परे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात जना नक्कली चिकि’त्सकलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई साेमबार सीआईबीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन्।

नक्कली प्रमाणपत्र पेश गरेर चिकि’त्सक बनेको आ’शंकामा उनीहरुलाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको जनाएको छ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ।

नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मोहम्मद सिद्दिक न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए भने दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिममा, मोहम्मद साहिद राजा दीर्घायू गुरु हस्पिटल चाबहिल र शुभाष साह जनकपुर चि’ल्ड्रन हस्पिटल धनुषामा कार्यरत रहेका सीआईबीले जनाएको छ।

यो पनि,,झन बलिया भए केपी ओली, भन्छन् ‘अब माधव नेपाललाई ठेगान लगाउँछु’

नेकपा–एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अ प रा ध गरेको बताएका छन्।

त्यस्तो हर्कत गर्ने नेपाललाई अध्यक्ष ओलीले कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै सोमवार प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा भएको फ्लोर क्रसलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खा ड लमा हा ल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले अविश्वास प्रस्ताव ल्याउँदा एमालेकै नेपालपक्षीय सांसदहरुले पार्टी निर्णयविपरित मुख्यमन्त्रीलाई मत दिएपछि सो प्रस्ताव फेल भएको थियो। उनले प्रचण्डको पाउमा एमाले पार्टी चढाउन लागेको भन्दै टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पनि दुई मुखे प्रवृत्ति रहेको आरोप लगाएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाएका छन् बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button