यी समुदायका मानिसहरुले पिउँछन् जिउँदो जनावरको रगत

एजेन्सी । अफ्रिकामा केही प्रकारका प्रजातिका मानिसहरु बस्ने गर्छन् । यी मध्ये एक हुन्, ‘मसाई ट्राइब्स’ यी मानिसहरु धेरै पहिला देखि नै अफ्रिकामा बस्दै आएका हुन् । यीनीहरु केन्या र तंजानियामा पनि बस्छन् ।

मानिसहरुले मसाई ट्राइब्सहरुलाई योद्धाको रुपमा बुझ्दै आएका छन् । उनीहरुको इलाकामा उनीहरुको सख्या १० लाख को वरिपरि रहेको छ ।

यी प्रजातिका मानिसहरुको आफ्नै किसीमका नियम हुन्छन् र अपनाउदै आएका हुन्छन् । यी मानिसहरु धेरैजसो रातो रंगको कपडा लगाउँछन्, जसलाई शुका भनिन्छ । यो कपडामा उनीहरुलाई सजिलै पहिचान गर्न सकिन्छ ।

समुदायको मुखिया सबैले मानेका बृद्ध हुन्छन् । यी मानिसहरुले शवलाई जमीनमा गाड्दा जमीन फोहोर हुने भन्दै शव खुला स्थानमा छाडीदिन्छन् ।

यी मानिसहरु एकै स्थानमा बस्न सक्दैनन् । पशु चौपायालाई चराउन पनि घास भएको स्थान खोज्दै लैजान्छन् ।

मसाई ट्राइब्सहरुले जिउँदै जनावरको खुन पिउने गर्छन् । यसप्रकार जनावरहरु उनीहरुको जीवनमा धेरै महत्वपुर्ण हुन्छन् । जनावर नै उनीहरुको भोजनको पहिलो हिस्सा हुन् । उनीहरुले जनावरको मासु र दुधको प्रयोग गर्छन् र कुनै विशेष अवसरमा जनावरको रगत पनि पिउँछन् ।

बिरामी हुँदा, सुत्केरी हुदाँ जस्तो समयमा मानिसहरुले जिउँदै जनावरको खुन पिउने गर्छन् । उनीहरुले खुन पिउँदा कमजोरी हट्ने र इम्युन सिस्टम पनि बलियो हुने बताउँछन् ।

यसको साथै खुनले आफुमा भएको नशा कम गर्नपनि सक्ने मान्यता राख्छन् । जनावरको भुत्ला सुत्ने बिच्छौना बनाउँछन् ।

६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगेका युवकले भने,‘यी सबै बच्चाको पिता म नै हुँ’

एजेन्सी । कुनै पनि पुरुषले एक पटकमा एकजना महिलालाई गर्भवती बनाउन सक्छ र त्यो गर्भको बच्चा मेरो हो भन्न सक्छ । एकै पटकमा ६ जना महिलालाई गर्भवती बनाउन कुनै पुरुषले सक्दैनन् ।

तर नाइजेरियाका प्रिटी माइक नामक गरेका एक पुरुषले आफुले ६ जना महिलालाई एकैपटक गर्भवती बनाएको बताएका छन् ।

प्रिटी माइकले ६ जना गर्भवती महिलाको गर्भमा हुर्कि रहेको बच्चा आफ्नै हो भनेर सोशल मिडियामा ती सबै ६ जना गर्भवती महिलाहरुकै तस्वीरलाई सार्वजनिक पनि गरेका छन् । उनले यो कुरा एक विवाह समारोहमा गएका बेला सबैलाई बताएर चकित पारिदिएका छन् ।

उनले आफुले गर्भवती बनाएका ६ जना नै गर्भवती महिलालाई लिएर विबाह समारोहमा पुगे र ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्ति ती ६ जना गर्भवती महिलाहरुसंगै भएको फोटो सोसल मिडियामा अहिले भाइरल भईरहेको छ ।

प्रिटी माइक ‘प्लेबोय’ को रुपमा चर्चित छन् । यसअघि पनि उनी थुप्रैपटक चर्चामा आइसकेका छन् । सन् २०१७ मा महिलाको आ’प’त्ति’जनक फोटो पोस्ट गरेकोमा उनलाई पक्राउ पनि गरिएको थियो ।

प्रिटी माइक आफ्ना साथी विलियम्स उचेम्बाको विवाहमा ६ गर्भवती महिलासहित पुगे । यसै कारण उनी दुलहा–दुलहीभन्दा बढी चर्चा माइकको छ । सोसल मिडियामा प्रिटी माइकले आफू सबैभन्दा राम्रो जीवनयापन गरिरहेको बताउँदै यो कुनै एक्टिङ ट्रिक नभएको बताएका छन् ।

इन्स्टाग्राममा धेरैले उनलाई दुलहा–दुलहीलाई ओझेलमा पारेको आरोप लगाएका छन् । प्लेबोयको रुपमा चर्चित यी व्यक्ति आफ्नो ग्ल्यामरस लाइफको फोटो सोसल मिडियामा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा प्रिटी माइकका तीन लाख बढी फलोआर्स छन् 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button