यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाबाट जारी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

शुक्रबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको  मु त्यु

झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको  मु त्यु गएको छ । मंगलबार राति साढे १० बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । 

मृ त्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ । 

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसार
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा  गम्भीर घाइते भएकोमा  उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । 

मोटरसाइकललाई ठक्कर दिने  ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।

ओलीको अध्यक्ष खानेलाई मेरो शुभकामना छ, मचाहिँ जान्नँ’

केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’

 यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।

माधवचाहिँ बोलिरहे, ‘…तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृतजी (बोहोरा), मुकुन्द (न्यौपाने) यहीँ हुनुहुन्छ ।

भीम रावल जाने भए पनि जानुस् वा अष्ट कमरेड…जो गए पनि हुन्छ ।’ 

माधवले अगाडि भने, ‘के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ? मलाई त त्यस्तो लाग्दैन । पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने, यही होइन केपी ओलीले चाहेको ? 

अनि, उनको मक्सद यस्तो छ भन्ने जान्दाजान्दै तपाईं दोस्रो अध्यक्ष पाइने भयो भनेर ‘खुशखबरी’ सुनाउन हतारिने ? को जानुहुन्छ त्यो अध्यक्ष खान जानुस्, मेरो शुभकामना छ । मचाहिँ जान्नँ ।’

उनले भीम रावलसहितका कार्यदल सदस्यहरूतिर हेर्दै पाँच औँला ठाडो पारेर भने, ‘अब बढीमा एक हप्ता कुरिन्छ…एक हप्ता, बुझ्नुभयो नि ।

’ अर्थात्, हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई हस्ताक्षर मान्य हुने कुराको निश्चितता हुने कि नहुने जवाफनिम्ति अब एक हप्ता मात्र पर्खिन सकिने, नत्र केपीपक्षसँग वार्ताको ढोका बन्द गर्ने उहाँको अडान थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button