यस्ता श्रीमान ! जसले श्रीमती र ५ छोरीलाई भारतमा छोडेर भागे, १२ वर्ष पछि भेटिदा भयो यस्तो बवाल (भिडियो हेर्नुस्)
काठमाडौ । घरमा छोराछोरी र श्रीमती छोडेर खुसी खोज्न भन्दै श्रीमान वैदेशिक रोजगारीका लागि वाहिर जान्छन् । तर श्रीमानले खुसी ल्याउनु त कहाँ हो कहाँ श्रीमान नै उतै हराउँछन् ।
परिवार र श्रीमतीका लागि पैसा कमाउन भन्दै भारत गएका श्रीमान १२ वर्ष पछि फेला परेका छन् । भारतमा गएका श्रीमान १२ वर्ष सम्म हराए । श्रीमान हराएपछि अरुले उनको श्रीमतीलाई निकै दुख दिए ।
उनी माथि आरोप लगाइयो । ५ छोरीकी आमालाई उनका श्रीमानले अहिले २ छोरी आफ्ना होइनन् भनेका छन् ।
छोरी मेरा होइनन् भन्ने गरेका श्रीमानले केही गर्लान् भनेर छोरीहरुले आमालाई रातभरी काखमा राखेर बताए । उनका श्रीमान फेला पर्लान् भन्ने लागेको थिएन । तर उनले श्रीमान हराएको कुरा सार्वजनिक गरेपछि १२ वर्ष पछि घर फर्केका छन् ।
पहिला घरमा हुँदा पनि उनले कहिल्यै सुख दिएनन् । र क्सी खाएर उनी मध्यरातमा घर आउँथे ।
श्रीमतीलाई दुख दिन्थे अहिले १२ वर्षपछि घर आउँदा पनि उनको बानी सुध्रिएन । दागंको घोराहीकी एक महिला २ महिना अघि मेरा श्रीमान १२ वर्ष देखि हराए भन्दै मिडियामा आएकी थिइन् ।
उनी टोप बहादुर डाँगी नाम गरेका उनी घरवाट हिडेको २५ वर्ष भएको थियो । उनले श्रीमतीलाई पनि लिएर हिडेका थिए । उनले भारतमै ५ सन्तान जन्माए ।
पम्फा चन्दले श्रीमान हराए भन्दै मिडियामा सार्वजनिक गरेकी थिइन् । उनी ५ सन्तान जन्मिएपछि १२ वर्ष अघि भारतवाट हराएका थिए । श्रीमती खोज्दै आइपुगीन् । श्रीमान भने दागंमै फेला परेका छन् ।
उनले दोस्रो विवाह समेत गरिसकेका छन् । उनका अहिले १० सन्तान छन् । दुई श्रीमतीवाट १० सन्तान जन्माएका उनले जेठो श्रीमतीका दुई सन्तान आफ्ना होइनन् भन्ने दावी गरेका छन् ।
पैसा नभएर उपचार गर्न नसकेपछि अल्पनाले यति कलिलै उमेरमा दुवै हात गुमाइन्, छोरालाई मायाले सुम्सुम्याउन पनि पाउँदिन भन्दै भक्कानिइन्
लम्की । कैलालीको घोडाघोडी नगरपालिका ७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भर्खरै अस्पतालबाट घर आउनुभएकी अल्पनाको दुबै हात थिएनन् । काखमा डेढ बर्षीया छोरा थिए । नजिकै उभिएका श्रीमानले बोत्तलबाट अल्पनालाई पानी खुवाउँदै थिए ।
उनका श्रीमानको बोली पनि नबुझिने अवस्थाका थिए । एका बिहानै र क्सी सेवन गरेको प्रष्ट थाहा हुन्थ्यो । नजिकै पिँढीमा अल्पनाकी वृद्ध सासु गहभरी आँसु लिएर एकोहोरो टोलाएकी थिइन् ।
यो दृश्य हो गत पुसमा आगो ताप्ने क्रममा आगोमा परेर दुबै हात गुमाउनुपरेको अल्पना चौधरीको । घरमा राती आगो ताप्दै गरेकी अल्पना त्यही रात आगो ताप्ने क्रममा दुबै हात जलेपछि अहिले छोरालाई सुम्सुमाउने ती हात सधैका लागि गुमाएकी छन् ।
घटनाको दिनलाई सम्झदै कल्पनाले पुस १३ गते साँझ श्रीमान , सासु र आफूले खाना खाएपछि सासु छिमेकीको घरमा गएको र श्रीमान पनि गाउँमा गएपछि आफूले आगो ताप्दैगर्दा घटना भएको बताइन् ।
छारे रोगकी बिरामी अल्पना बे हो स मै रहेकी र छोरा रोएको आवाज सुनेपछि मात्र छिमेकी र सासुले उनीहरुलाई आगोबाट निकालेका थिए ।
अल्पना र उनको छोरा आर्यनको जलेको घाउको उपचारका लागि स्थानीय अस्पतालदेखि नेपालगञ्ज कोहलपुर हुँदै काठमाण्डौ सम्म नपुगेको भने होईन आर्थिक अभावका कारण उपचार बिचैमा छोडेर घर फर्किएका थिए ।
जलेको घाउको लामो समय उपचार नहुँदा अहिले उनले दुवै हात गुमाउनु परेको छ । अब अगाडि को जीवन कस्तो हुन्छ सम्झदा भक्कानो छुट्छ ’उनी त्यसो भन्दै भक्कानिइन् ।
५ कट्ठा ऐलानी जमिन र सानो घर बाहेक सम्पति नरहेको अल्पनाको परिवारमा श्रीमान ज्यालामजदुरी गर्न गए पनि उहाँले कमाएको आफैले र क्सी खा ए र सक्ने गरेको परिवारको गुनासो छ ।
सासु बुहारिले घरमै खनीखोस्री गरेर जसोतसो गुजारा चलाउने गरेका थिए । बुहारीको दुबै हात गुमेपछि अब अल्पनाको सासुलाई खानाको जोहो गर्ने कि बुहारी र नातिको हेरचाह गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ ।
नेपाली भाषा बोल्न समेत नजान्ने अल्पनाको ७० बर्षीया सासु भुक्नीदेवी चौधरीले आफू पनि बृद्ध भैसकेको र छोराको पनि भर नभएकाले उपचारमा जसरी संघसंस्थाले सहयोग गरे त्यसैगरी कृतिम हात हाल्न सहयोग गरिदिए दुःखी गरिब परिवारको उद्धार हुने बताउँछिन् । गोरखापत्रमा चाँदनी आचार्यको समाचार छ ।