म पार्टी अध्यक्ष भएको भए बेडरूममा गएर कमरेड किन रिसाउनु भो भनेर गाला मुसार्ने थिएँ: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको अध्यक्ष भएको भए केपी ओलीलाई बेडरूममै गएर फकाउने बताएका छन्।

शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले पार्टीका अध्यक्ष अभिभावकजस्तै हुने बताएका हुन्।

बैठक अध्यक्ष ओलीले नै गर्ने भएकाले फोन र भेट पनि पहिला ओलीबाटै हुनुपर्ने उनको भनाइ थियो।

‘तपाईं फोन गर्नूस् भन्नुभयो। म फोन गर्दिनँ भनें। म अध्यक्ष भएको भए फोन मात्र किन घरमै जाने थिएँ,’उनले भने,’म ढोका खोलेर बेडरूममा पसेर कमरेड किन रिसाउनू भो भनेर यसो गाला मुसार्ने थिएँ। फकाउन म जान्दछु नि। उहाँको काम होइन अध्यक्ष भइसकेपछि ? अध्यक्ष भनेको ‘गार्डियन’ पनि हो।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button