मोरङमा एमाले आपसमा भिडे, के हो कारण ?
काठमाडौ । नेकपा एमाले भित्रको विवाद स्थानीय तहसम्म बिस्तार भएको छ ।
पहिले एकै समितिमा बसेर काम गरेका कार्यकर्ताहरु पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालको गुटमा बिभाजित भएका छन् ।
एक अर्काप्रति आगो ओकलिरहेका छन् भने कतै बवाल समेत हुने गरेको छ ।
यस्तै घटना मोरङको उर्लाबारीमा भएको छ । त्यहाँ नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तो ड फो ड भएको छ ।
बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा यस्तो भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो ।
बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तो ड फो ड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार कसले गर्यो भन्ने टुङ्गो छैन ।
बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी थियो । तर त्यस अघि नै त्यस्तो गरेको उनले बताए ।
ओली समूहले माधवकुमार नेपाल पक्षले त्यस्तो गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले घटना गरेको बताए ।
‘हामी २०७५ जेठ २ गतेको अध्यक्षले बोलाएको बैठकमा जान्छौ, एक पक्षीय भेलामा जाँदैनौं,’ उनले भने,‘ पद बाँडफाँडको विषयमा उहाँहरु भित्र विवाद थियो ।’
ओलीका प्रिय महेश वस्नेतले आफुलाई पनि अब साइड लगाउन खोजेको संकेत देखेपछि !
नेकपा (एमाले) को केपी ओली निकट नेता महेश वस्नेतको युथ फोर्स छैदैछ । पार्टीका गतिविधि विरुद्ध लेख्नेहरुको निगरानी राख्न साइवर सेना पनि सकृय छ तर प्रभु शाहको नेतृत्वमा फेरी आइ टी आर्मी गठन भएपछि एमालेमा तरंग उत्पन्न भएको छ ।
खासगरी महेश वस्नेत यो निर्णयवाट खुसी छैनन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीसंग यस विषयमा गुनासो राखेको बताइएको छ ।
साइवर सेना र युथ फोर्स हुँदा हुँदै आइ टी आर्मी गठन गर्नुको कुनै औचित्य नभएको भन्दै उनले अध्यक्ष ओलीसंग गुनासो गरेको बुझिएको छ ।
तर उनले आफ्ना बारेमा यस विषयलाई लिएर सार्वजनिक भएका समाचार प्रति भने प्रतिकृया ब्यक्तगरेका छन् ।
उनले प्रभु साहबीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आईटी आर्मी गठनमा आफ्नो असहमति नभएको जिकिर गरेका हुन् । बरु, उनले आफू र साहको सल्लाह अनुसार नै उक्त आइटी आर्मी गठन भएको स्पष्ट पारेका हुन् ।
उनले लेखेका छन् “मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ? अनि क प्रभु शाह संगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइ टी आर्मी गठनमा मेरो असहमति होस ।
उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी,अनि साइबर सेना संगै मिलेर दुबै संगठनमा काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।”