मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल

धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ ।

केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस् ।

खरबुजाः

गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ । खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ ।

खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ । खरबुजामा भिटामिन सी, ए, म्याग्नेसियम, पोटासियम र लाइकोपिन हुन्छ । यी सबै तत्वले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ ।

मेवाः

तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने आफ्नो खानामा मेवा समावेश गर्नुहोस् । मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल्स र फस्फोरस पाइन्छ ।

यसका थुप्रै एन्जाइमले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसमा क्यालोरी र चिल्लोपना निकै कम हुन्छ । यसले पेट फुल्ने समस्या पनि कम गर्छ ।

काँक्रोः

काँक्रोले पेटलाई चिसो बनाउनुका साथै गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ । काँक्रोमा अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ ।

काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ ।

आँपः

आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्ने गर्छ । सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ । आँपमा बायोएक्टिभ यौगिक र फाइटोकेमिकल्स हुन्छ जसमा बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ

। यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ । यसका साथै यसको म्याङ्गो शेक बनाएर पनि पिउन सक्नुहुन्छ ।

लौकाः

लौका शरीरका लागि निकै फाइदाजनक छ । यसमा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ ।

लौकामा रत्तिभर पनि फ्याट हुँदैन । लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ ।

भेँडे खुर्सानीः

भेँडे खुर्सानीमा पाइने फाइटोकेमिकल्स तौल नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । यसले मेटाबोलिजम बढाउनुका साथै पाचन तन्त्र पनि ठिक राख्छ ।

यो भिटामिन ए र सीले भरपुर हुन्छ जसले शरीरमा प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यसका थुप्रै तत्वले प्राकृतिक पेनकिलरले जस्तै काम गर्छ । तरकारीबाहेक तपाईंले भेँडे खुर्सानी सलादको रुपमा पनि खान सक्नुहुन्छ ।

पालुङ्गोः

पेटको बोसो काम गर्नमा पालुङ्गो निकै प्रभावकारी हुन्छ । यो फाइबर र पोषक तत्वले भरपुर हुन्छ । पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस् । तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ ।

चुकन्दरः

चुकन्दरमा क्यालोरी निकै कम हुन्छ । यो फाइबरले पनि भरपुर हुन्छ जसका कारण लामो समयसम्म भोक लाग्दैन । चुकन्दरको जुसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ ।

यसमा रत्तिभर पनि फ्याट हुँदैन जसका कारण यसले तौल बढ्न दिँदैन । बिहान चुकन्दरको जुस पिउँदा तपाईं दिनभरी सक्रिय रहन सक्नुहुन्छ । यसले थकान, कमजोरी र मांसपेशीमा ऐठनको समस्या पनि टाढा राख्छ ।

आन्द्राका लागि खतरनाक मैदा, खानुभन्दा अघि थाहा पाउनुस् साइड इफेक्ट्स

गहुँको पिठोको परिस्कृत रुप नै मैदा हो । मैदा बनाउनका लागि आँटालाई थुप्रै पटक र निकै मसिनो गरी पिसिने गरिन्छ । पाउरोटी, कुकिज, क्रेकर्स, पिज्जा बेस, समोसा, पुरी, जेरी, माल्पुवालगायतका विभिन्न खानेकुरा बनाउन मैदाको प्रयोग हुन्छ ।

यसबाट बनेको खानेकुरा शरीरका लागि निकै हानिकारक हुन्छ ।

मैदा शरीरका लागि निकै खतरनाक हुन्छ । वास्तवमा, आँटालाई पिसेर राम्रो गुणस्तरको मैदा त पाइन्छ तर यसका सबै पोषक तत्व छानिइसकेको हुन्छ । एकातिर गहुँलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ भने मैदा स्वास्थ्यको हिसाबले निकै खतरनाक हुन्छ ।

बोस्टनमा बालबालिकाको अस्पतालको न्यू ब्यालेन्स फाउन्डेशन मोटोपना निवारण केन्द्रका निर्देशक डेविड लुडविग (एमडी, पीएचडी) का अनुसार अमेरिकीहरु अत्यधिक मात्रामा ट्रान्सफ्याट प्रयोग गर्छन् जसमा रिफाइन्ड कार्बोहाइड्रेट, रिफाइन्ड ग्रेन प्रोडक्ट्सआदि समावेश छन् ।

यी सबैको अमेरिकन डाइटमा सबैभन्दा बढी हानिकारक प्रभाव पर्छ । मैदा खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पार्नसक्छ भन्नेबारे जानकारी लिऔंः

यो एसिड–अल्कलाइन असन्तुलनको कारण बन्ने गर्छः

शरीरको स्वस्थ पीएच स्तर ७.४ हुन्छ । डाइटमा एसिडिक खाद्य पदार्थको अत्यधिक मात्रा हुँदा शरीरमा क्याल्सियमको कमी हुने गर्छ । यसका कारण हड्डी कमजोर हुन्छ । गेडागुडीलाई एसिडिक फुड मानिन्छ ।

शोधका अनुसार खानामा मैदाको अत्यधिक प्रयोगले हड्डीलाई हानी पुर्याउन सक्छ । एसिडिक डाइटले प्रतिरोधी प्रणालीलाई हानी पुर्याउँछ जसका कारण शरीर विभिन्न रोगको चपेटमा आउन सक्छ ।

 ब्लड सुगरको स्तर बढाउन सक्छः

मैदा शरीरका लागि स्वस्थ विकल्प हो भनेर आफ्नो खानामा समावेश गरिरहनुभएको छ भने तपाईं गलत सोचिरहनुभएको छ । मैदाबाट बनेको खानेकुरा तपाईंको शरीरका लागि थप हानिकारक हुन्छ ।

मैदामा भएको कार्बोहाइड्रेट जसलाई एमाइलोपेक्टिन ए भनिन्छ, कुनै पनि अन्य कार्बोहाइड्रेटको तुलनामा निकै सजिलै ब्लड सुगरमा परिवर्तन हुने गर्छ । मैदाको ब्रेकको दुईवटा स्लाइसले मात्रै पनि शरीरमा ब्लड सुगरको स्तरलाई ६ चम्चा चिनी वा थुप्रै क्यान्डी बारभन्दा पनि बढी बढाउन सक्छ ।

शरीर सुन्निन सक्छः

दानायुक्त आहार शरीर सुन्निनुको कारण बन्नेगर्छ । यसमा ब्लड सुगर लेभल बढ्ने गर्छ र रगतमा ग्लुकोजको निर्माण हुन्छ जसमा गुलकोजले आफूलाई वरिपरिको प्रोटिनसँग जोड्ने गर्छ ।

यसका कारण ग्लाइकेशन नामको एक केमिकल रियाक्सन हुने गर्छ । ग्लाइकेशन एउटा प्रो–इन्फ्लेमेटरी प्रक्रिया हो जसका कारण जोर्नी दुख्छ भने मुटुरोग पनि गराउँछ । साथै यसले शरीर सुन्निने समस्या पनि निम्त्याउँछ ।

आन्द्रालाई हानी पुर्याउन सक्छः

शोधका अनुसार दानायुक्त खानेकुरामा पाइने लेक्टिनका कारण आन्द्राको पत्र सुन्निने गर्छ । जब तपाईं मैदा खानुहुन्छ तब खानामा ८० प्रतिशत फाइबर नष्ट हुने गर्छ ।

तपाईंको शरीरले त्यो फाइबर पाउँदै जसलाई त्यसको आवश्यकता पर्छ र कार्बोहाईड्रेट तीब्र रुपमा निष्कासन हुने गर्छ । फाइबर बिना शरीरले आन्द्राको फोहोरलाई सफा गरेर शरीरलाई डिटक्स गर्न सक्षम हुँदैन ।

फूड एलर्जीको कारण बन्ने गर्छः

मैदालाई फुड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्ये एक मानिन्छ । थुप्रै गेडागुडीमा पाइने ग्लूटन नामक प्रोटिनले पिठोलाई लचिलो बनाउने काम गर्छ । यसले रोटीलाई नरम बनाउन मद्दत गर्छ ।

गहुँमा अब यो पहिले देखि नै धेरै हुन्छ । जब ग्लूटेन सेन्सिटिविटी भएका मानिसहरु ग्लूटेनयुक्त उत्पादनको प्रयोग गर्छन्, उनीहरुको शरीरमा फूड एलर्जी हुनुका साथै थुप्रै अन्य समस्याको खतरा बढ्ने गर्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button