मोटरसाइकलमा निस्केका श्रीमानको जङ्गलमा भेटियो शव, श्रीमतीलाई अन्तिम पटक फोनमा यसो भनेका रहेछन (भिडियो सहित)

बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत अवस्थामा फेला परेका छन । त्यससंगै जङ्गलमा एकाएक मानिसहरुको भिड बढेर प्रहरीलाई समेत अनुसन्धान गर्न गाह्रो भएको थियो ।

रहस्यमय मृत्यु भएका तिलक बिर्तामोड मनमोहन हस्पिटल छेउमा रहेको गाउँले होटल संचालन गर्थे । छिमेकीहरुका अनुसार सारै मिलनसार उनी सबैका प्यारा थिए । कसैले नसोचेको भयो भन्दै धेरै चिन्तामा देखिन्थे उपस्थित सबै ।

तिलक निरौला मोटरसाइकलसहित २ दिनअघि देखी बे’पत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । खोजी कार्य तिब्र रुपमा गरेको परिवारले कतै भेट्न सकेन । उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बे’पत्ता भएको सामाजिक सञ्जालमा पोस्ट भएको थियो । चारैतिर चर्चा चलेको थियो ।

बिर्तामोड-५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । शव जंगलभित्र रहेको र ह’ त्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली कुकुर सहित घटनास्थल पुगिसकेको र प्रारम्भिक अनुसन्धान समेत सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । शव पोस्टमार्टमका लागि पठाइसकेर तिब्र गतिमा अनुसन्धान गरिदै गरेको प्रहरीले जनाएको छ । आज घटनास्थल पछि गाउँले होटलमा पुगेर तिलककि श्रीमती आमा र छोरीसंग कुराकानी गरिएको छ ।

उनिहरुले रुदै यस्तोसम्म सुनाए कि त्यहा उपस्थित सबैजनाको रुवाबासी नै चल्यो । आमाले बोलेका हरेक शब्दले सबैको मन छोयो । श्रीमतीलाई हिड्नुअघि फोनमा यस्तोसम्म भनेका रहेछन । बाँकि भिडियोमा :

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
3
+1
1
+1
5

सम्बन्धित समाचार

Back to top button