मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार
मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ ।
मुटुको कारणले तपाईंको शरीरमा कुनै प्रकारको क्षति हुनबाट जोगाउन र मुटुलाई बलियो बनाउनको लागि विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरिन्छ । त्यसमध्ये निम्न प्राकृतिक उपचार एवं औषधिहरूले सजिलैसँग हाम्रो मुटुमा देखा पर्नसक्ने विभिन्न समस्या सामना गर्ने बलियो आधार प्रदान गर्छ ।
पीपलको पातलाई घोलेर पिउनु
हरेक दिन बिहान पिपलको १५ वटा नयाँ पत्ता टिप्नुहोस् । ती पातलाई राम्ररी धुनुहोस् र सानोसानो टुक्रामा काट्नुहोस् । त्यो पातको टुक्रालाई दुई गिलास पानीमा मिसाएर उमाल्नुहोस् र एक गिलास नहुँदासम्म उमालिरहनुहोस् ।
त्यसपछि बिहान खालीपेटमा यो पिउनुहोस्, यसले तपाईंको मुटुलाई सुरक्षित बनाउन मद्धत गर्छ ।
यो कति समयसम्म पिउने ? भन्ने प्रश्न पनि आउन सक्छ । यसको लागि एक वर्षमा तपाईंको उमेर अनुसार कति दिन पिउने भन्ने यकिन गर्न सकिने आयुर्वेदिक चिकित्सकहरू बताउँछन् ।
आयुर्वेदका जानकारहरू तपाईंको उमेर जति छ त्यति नै दिन यस्तो पेय पदार्थ पिउनु स्वास्थ्यको लागि लाभदायक हुने बताउँछन् । यो सानो उपचारले तपाईंको मुटुलाई स्वस्थ र शक्तिशाली बनाउँछ ।
बेसार र चुना पानीको मिश्रण
हलेदो (बेसार बनाउन प्रयोग गरिने कन्दमुल)को पोटीलाई चारदिनसम्म चुनापानीमा भिजाउनुहोस् । त्यसपछि ती पोटीलाई चार दिनसम्म चुना पानीमा भिजाउनुहोस् ।
त्यसपछि तिनीहरूलाई बाहिर निकाल्नुहोस् र सुकाउनुहोस् । जब यो पोटी राम्रोसँग सुक्छ तब तिनीहरूलाई पिस्नुहोस् र पाउडर बनाउनुहोस् । अब यस पाउडरको एक ग्राम (उदाहरणका लागि चम्चाको चतुर्थको एक चौथाइ) बिहान र साँझ तातो पानीसँग लिनुहोस् ।
यसले धमनीमा भएको अवरोधलाई खोल्छ । यो नुस्खा जहिले पनि प्रयास गर्न सकिन्छ । यसले हृदयलाई सधंै स्वस्थ राख्न पनि मद्धत गर्न सक्छ ।
तुलसी र पुदिना पातहरू
मुटु स्वस्थ राख्नका लागि यो सजिलो तरिका हो । यसमा तुलसी र पुदिनाका पाँच–पाँच वटा पातहरू हरेक बिहान खानुपर्छ । यसले रगतको उच्चस्तरलाई सामान्य राख्छ, ताकि रक्तधमनीहरूमा कुनै अवरोध हुँदैन र हृदयाघातबाट बचाउँछ। यो उपचार दैनिक रूपमा गर्न सकिन्छ ।
यस्ता खानपानले कलेजोलाई हानी
हाम्रो शरीरको अंग स्वस्थ्य हुनुपर्छ, जसले आफ्नो कार्यसंचालन ठीक ढंगले गर्न सक्छ । चाहे त्यो मुटु होस् वा मृगौला, चाहे त्यो फोक्सो होस् वा कलेजो । सबै अंग स्वस्थ्य हुनुपर्छ । यद्यपी हाम्रो कतिपय खानपान र आनीबानीले यी अंगहरुमा असर पु¥याइरहेको हुन्छ । त्यस्ता बानी हटाइएन भने उक्त अंगमा क्षति पुग्छ ।
जस्तो कलेजोको कुरा गरौं । यदि कलेजो स्वस्थ्य छ भने त्यसले रगतमा सुगर र वोसो फ्याट जम्न दिदैन । तर, हाम्रो खानपान र आनीबानीले कलेजोमा नोक्सान पु¥याइरहेको हुन्छ ।
चिनीको सेवन
कलेजोले चिनीलाई बोसोमा बदल्ने काम गर्छ । धेरै चिनी खाइयो भने कलेजोको काममा भार पर्छ । र, अतिरिक्त बोसो कलेजोमा जम्न पुग्छ । यसले कलेजो ड्यामेज हुन सक्छ ।
पेन किलर
धेरै मात्रामा वा लामो समयसम्म प्यारासिटामोल वा पेनकिलर्स सेवन गर्दा कलेजो खराब हुन सक्छ ।
मदिरा
धेरै रक्सीको सेवन गर्दा शरीरमा टक्सिनको मात्रा बढ्छ । यो टक्सिन कलेजोमा जम्मा हुन्छ र त्यसलाई असर पु¥याउँछ ।
कम निन्द्रा
निन्द्रा पुरा हुन पाएन भने पनि कलेजोले ठीक ढंगले काम गर्न पाउँदैन । यस्तो अवस्थामा कलेजोमा फ्याट जम्मा हुन्छ र यसले कलेजोमा नोक्सान पु¥याउँछ ।
कोल्ड ड्रिंक
कोल्ड ड्रिंकमा कृतिम चिनी र रंग मिसाइएको हुन्छ । यसले कलेजोमा वोसो जम्मा हुन्छ ।
जंक फूड
नियमित मात्रामा अस्वस्थ्यकर खानेकुरा जस्तै बर्गर, स्यान्डविच, पिज्जा जस्ता खानाले शरीरमा न्युट्रिशनको कमी हुन्छ । यसले कलेजोमा निकै असर पु¥याउँछ ।
धुमपान
चुरोटमा केहि टक्सिन केमिकल हुन्छ, जसले कलेजो कोषमा हानी गर्छ ।
धेरै सप्लिमेन्ट्स
चिकित्सकको सल्लाह बिना सप्लिमेन्ट् लिनु, खासगरी धेरै मात्रामा भिटामिन ए लिनु कलेजोको लागि हानिकारक हुन्छ ।