मिर्गौला सुन्निने समस्या किन हुन्छ ? यस्ता लक्षण देखिए तपाईंको मिर्गौला सुन्निएको हुन सक्छः

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् ।

खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ ।

मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ । मिर्गौला सुन्निने समस्या यस्तो रोग हो जसको कारण मिर्गौलाको फिल्टर सुन्निन्छ ।

मिर्गौलाको फिल्टर धेरै साना रक्तनलीहरुबाट बनेको हुन्छ जसलाई ग्लोमेरुली भनिन्छ । जब यो समस्या अचानक सुरु हुन्छ, त्यतिखेर यो समस्या गम्भिर हुन सक्छ । यसैले मिर्गोला सुन्निने समस्यालाई हल्का रुपमा नलिनुहोस् ।

तर, तपाईंले मिर्गौला सुन्निने समस्यालाई समयमै पहिचान गरि नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ ।

यस्ता लक्षण देखिएमा तपाईंको मिर्गौला सुन्निएको हुन सक्छः

–ज्वरो आउने

–पिसाब गर्नमा दुखाई

–पहेँलो वा रातो रंगको पिसाब

–सहनै नसकिने तिव्र दुखाई

–पिसाबमा धेरै प्रोटिन हुने

–पिसाब धेरै कम आउनु

–फोक्सोमा तरलपदार्थ जम्मा हुनु

–खोक्न र श्वासप्रश्वासमा समस्या

–धेरै थकान लाग्नु

–सासमा दुर्गन्ध आउनु

–शरीर सुन्निने र सासफेर्न समस्या हुनु

मिर्गोला सुन्निएमा के हुन्छ ?

मिर्गौला सुन्निने एक यस्तो स्थिती हो जसमा मिर्गौलाको मुख्य भाग सुन्निन्छ जसलाई निफ्रोन भनिन्छ । यसले मिर्गौलाको रगत सफा गर्ने क्षमता कम हुन्छ ।

मिर्गौला सुन्निने कारणले घाँटी खसखसाउने, छालामा संक्रमण जस्तो संक्रमणहरु प्रति प्रतिरक्षा प्रतिक्रियामा कमीको कारण घातक हुन्छ । केही अवस्थामा भने यस्तो संक्रमण ठिक हुन्छ र मिर्गौलाको कार्यमा सुधार हुन्छ ।

मिर्गौलाको कैयौं प्राथमिक समस्याहरुको प्रभाव ग्लोमेरुलसमा पर्छ । जस्तो पिसाब गर्नमा समस्या हुन्छ र किड्नीको रगत सफ ागर्ने क्षमता कम हुन्छ ।

मधुमेहका रोगीहरुलाई खतरा

मधुमेह र ल्युपस जस्ता केही अटो इम्युन रोगहरुबाट पिडित मानिसहरुमा सेकेण्डरी ग्लोमेरुलोनेफ्राइटिस अर्थात मिर्गौला सुन्निने स्थिती आँउछ । यस्तो स्थितीमा समयमै उपचार गर्नाले मिर्गौलालाई बँचाउन सकिन्छ ।

एन्टीबायोटिक औषधिको कारणले

बेलाबखत दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ग्लोमेरुलोनेफ्राइटिस हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनभन्दा पहिले डाक्टरसँग सोध्नुहोस् ।

त्यसैले पिसाबमा रगतको मात्रा देखिएमा वा पिसाबको रंग अचानक परिवर्तन भएर रातो खैरो देखिएमा मिर्गौलाको डाक्टरलाई एकपटक देखाउनुहोस् ।

यो पनि,,,,यी खानाहरू जुन कलेजोमा हुने क्षति रोक्न सहयोगी बन्न सक्छन्

कलेजोलाई स्वस्थ राख्न र शरीर सुधारका लागि खानपानमा ध्यान दिनु महत्वपूर्ण हुन्छ । हामी स्वस्थ रहनको लागि नियमित रूपमा खाने खाना र शारीरिक अभ्यासको कुरा महत्वपूर्ण हुन्छ ।

यदि लिभरमा टाक्सिन्सको विकास भयो भने यसले एलर्जी, कोलेस्ट्रोल जस्ता समस्या र पाचन प्रणालीमा समेत समस्या निम्त्याउन सक्छ । आयुर्वेदको नियमले हाम्रो कलेजोको स्वास्थ्यमा ख्याल राख्न र रोगबाट बचाउन मद्दत गर्छ ।

लिभर हाम्रो शरीरको इञ्जिन हो तर हामी यसलाई स्वस्थ राख्नको लागि कति ध्यान दिन्छौं ? हाम्रो कलेजोले पाचन प्रणालीलाई मजबुत बनाउन, मेटाबोलिज्म सुधार गर्न र आवश्यक यौगिकहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यहाँ हामी ९ त्यस्ता खाद्य पदार्थहरूको बारेमा बताउँदैछौं जसले तपाईंको कलेजोलाई स्वस्थ राख्छ।

१. लसुन
लसुनले कलेजोको एन्जाइमलाई सक्रिय पार्न मद्दत गर्छ । जसले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने काम गर्छ। साथै, यसले एलिसिनको उच्च स्तर कायम राख्न पनि मद्दत गर्छ । जसमा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक र एन्टिफङ्गल गुणहरू हुन्छन्, जसले एन्टिअक्सिडेन्टलाई बृद्धि गर्छ। यी दुवैले लिभर सफा गर्न मद्दत गर्छ।

२. गाजर
गाजरमा प्लान्ट-फ्लाभोनोइड्स र बीटा क्यारोटीन उच्च हुन्छ, जसले कलेजोको काम सहज हिसाबले गर्न मद्दत गर्छ । गाजरमा हुने भिटामिन एले कलेजो रोगबाट बचाउन मद्दत गर्छ ।

३. स्याउ
स्याउमा पेक्टिन नामक तत्व हुन्छ । जसले शरीरलाई सफा गर्न र पाचन प्रणालीबाटलाई सहज बनाउन मद्दत गर्छ । यसले गर्दा कलेजोमा हुन सक्ने विषाक्त पदार्थलाई हटाएर यसको व्यवस्थापन गर्न सकिन्छ ।

४. अखरोट
एमिनो एसिडहरूको लागि उत्कृष्ट स्रोत हो ओखर । ओखर नियमित रूपमा खानाले तपाईंको कलेजोलाई डिटक्स गर्न यसले मद्दत गर्छ।

५. ग्रीन टि
ग्रीन टि विश्वमा एक धेरै चल्तीयुक्त पेय पदार्थ हो । हरियो चिया प्लान्टमा आधारित एन्टिआक्सिडन्ट्सले कलेजोको कार्यमा सुधार ल्याउँछ।

६. पत्तादार तरकारीहरू
क्लोरोफिल युक्त हरियो पातदार तरकारीहरू तपाईंको रक्तप्रवाहमार्फत् विषालु पदार्थलाई बाहिर पठाएर कलेजोको रक्षामा भूमिका खेल्छ ।

७. सिट्रस फल
सुन्तला, निम्बू र अन्य सिट्रस फलहरूमा कलेजो सफा गर्ने क्षमता हुन्छ। सिट्रस फलमा उपस्थित डिटोक्सिफाइङ एन्जाइमहरूले कलेजो स्वास्थ्यमा बढी फाइदा गर्ने गर्छ ।

८. हल्दी
हल्दी राम्रो मसला हो, जसले हाम्रो कलेजोमा हुने क्षतिलाई कम गर्छ। हल्दीले बोसो र पित्तको रस उत्पादन गर्न मद्दत गर्छ, जसले हाम्रो कलेजोको लागि प्राकृतिक डिटोक्सिफायरको रूपमा कार्य गर्दछ।

९. चुकन्दर
चुकन्दर भिटामिन सीको लागि उपयुक्त स्रोत हो । यसले पित्तको सफाइमा ध्यान दिनुका साथै ईन्जामिक गतिविधिलाई बढावा दिन्छ। यसले तपाईंको कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

यो पनि,,,,,,,शरीरको तापक्रम र श्वासप्रश्वासको गति आफैँले कसरी नाप्ने ?

मान्छेलाई बिरामी हुन लागेको संकेत उसका शारीरिक अंगहरूले दिने गर्छन् । मान्छेले आफैँ कमजोर महसुर गर्ने र विभिन्न किसिमका दुखाइबाट हामीले शरीरमा स्वास्थ्य समस्याबारे पहिचान गर्न सक्छौं ।

जब कुनै व्यक्ति बिरामी हुन्छ वा उसलाई स्वास्थ्य समस्या आइपर्छ तब उसका प्रमुख शारीरिक (भौतिक) चिह्नहरूमा परिवर्तन आउन थाल्छ । त्यही शारीरिक चिह्नहरूमा हुने परिवर्तनबाट हामीले उसको स्वास्थ्य समस्या पहिचान गर्न सक्छौं ।

गाउँघरमा जसरी निधार छामेर ज्वरो पत्ता लगाउने होस् या त नाडी बिचार गर्ने चलन पहिलेदेखि नै चल्दै आएको हो । सामान्यतया आफ्नो शरीरको तापक्रमलाई थर्माेमिटरबाट कसरी परीक्षण गर्ने र श्वासको गति कसरी नाप्ने भन्नेबारे सामान्य जानकारी तल दिइएको छ ।

तापक्रम कसरी नाप्ने ?

यदि कुनै व्यक्तिलाई ज्वरो छ कि छैन भनेर जाँच्न थर्माेमिटर छैन भने बिरामीका निधारमा उल्टो हातले छामेर आफ्नो शरीरको तापक्रम जाँच्न सकिन्छ ।

यदि बिरामीको शरीर अर्काे व्यक्तिको शरीरभन्दा बढी तातो भएको अनुभव हुन्छ भने उसलाई ज्वरो आएको हुन सक्छ भन्ने आधारभूत परीक्षण विधि हो । तर यसमा नै पूरा भर पर्ने भन्दापनि आफ्नो शरीरको अवस्था अनुसार परीक्षणको लागि अस्पताल जाने नजाने निधो गर्नुपर्छ ।

थर्माेमिटर छ भने शरीरको तापक्रम मुख, काखी वा गुद्द्वारमा राखेर नाप्न सकिन्छ । कुनैपनि व्यक्तिको काखीमा मुखमा भन्दा कम तापक्रम हुन्छ । मुखमाभन्दा गुद्वार बढी तातो हुन्छ । ज्वरो नाप्दा सेन्टिग्रेट वा फरेनहाइटमध्ये कुनै माप चिह्न भएको थर्माेमिटर प्रयोग गर्न सकिन्छ ।

ज्वरो कसरी नाप्ने ?

– थर्माेमिटरलाई साबुन पानी वा अल्कोहलले सफा गर्नुहोस् । रातो वा चाँदीको रंग नभएको टुप्पोमा थर्माेमिटरलाई समातेर तापक्रम ३६ डिग्रीभन्दा कम नभएसम्म झड्कार्नुपर्छ ।

–थर्माेमिटरलाई जिब्रो मुन्तिर राखी मुख बन्द गर्नुपर्छ । वा बिरामीले थर्मामिटर टोक्ने डर भएमा काखीमा राख्नु पर्छ ।

–तीन वा चार मिनेटसम्म त्यसै राख्नुपर्छ ।

–झिकेर नाप पढ्नुपर्छ ।

–थर्माेमिटरलाई साबुन र चिसो पानीले धुनुपर्छ र सम्भव भएमा २० मिनेटसम्म क्लोरिनको घोललाई डुबाई सफा पानीले धुनुपर्छ ।

श्वासको गति नाप्ने तरिका

सास फेर्ने गतिले फोक्सो र सास फेर्ने प्रणालीको अवस्थाबारे बताउँछ । यसले व्यक्तिको सामान्य स्वास्थ्यबारे पनि सूचना दिन्छ । सास फेर्ने गति लिन व्यक्तिले आराम गरिरहेको अवस्थामा उसको छाती तलमाथि गरेको हेर्नुहोस् ।

वयस्क व्यक्तिका निमित्त सामान्य सास फेर्ने गति एक मिनेटमा १२ देखि २० चोटिसम्म हुन्छ । सास फेर्ने गति भनेको एकपटक सास लिने र छोड्ने हो ।

संक्रमण, ज्वरो, रक्तस्राब वा जलवियोजन, क्षोभ, फोक्सोको समस्या वा अन्य आकस्मिकताको अवस्थामा नाडीसँगै सास फेर्ने दरमा पनि बृद्धि हुन्छ ।

असाध्यै बिरामी हुँदा नाडी र सासफेराइको दर अति नै कम भएमा बिरामीको मृत्यु समेत हुन सक्छ । चाँडो तथा छोटो सास फेराइ श्वासप्रणालीको संक्रमणको चिह्न हुन सक्छ । बिरामीले प्रतिमिनेट ३० चोटि वा त्यसभन्दा बढी सास त्यो निमोनियाको चिह्न हुन सक्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button