मानवअधिकारकर्मीको नाममा यस्तो घिनलाग्दो काम ! किशोर खतिवडा जस्तै यति धेरैलाई सिर्जना वाग्लेको समुहले फसाएको रहेछ (भिडियो हेर्नुस्)

काठमाडौ । मानव अधिकारकर्मीको नाममा हुने गरेका दलाली डरलाग्दो रुपमा मौलाएको देखिएको छ । एउटै समुहवाट समस्यामा परेकाहरु अहिले दिनहुँ मिडियामा आउन लागेका छन् ।

कलाकार किशोर खतिवडा र उनको प्रेमीका लक्ष्मी गदालबीच समस्या पारेर उनीहरुसंग पैसाको लागि वार्गेनिगं गरेको भिडियो सार्वजनिक भएपछि हामी पनि यसरी नै समस्यामा परेका छौं भन्दै थुप्रै ब्यक्ति सार्वजनिक भएका छन् ।

कल्पना केसी नाम गरेकी महिला पनि लक्ष्मी गदाललाई फकाएर किशोर खतिवडासंग १० लाख रुपैया माग्न लगाएको समुहले मलाई पनि समस्यामा पारे भन्दै मिडियामा आएकी छन् ।

उनको श्रीमान सुन्दर कुमार केसी ५ महिना देखि हिरासतमा छन् । नारायण पौडेल र उनको श्रीमती अञ्जु नाम गरेकी महिला मिलेर आफुलाई समस्यामा पारेको कल्पनाको भनाई छ ।

सो समुहमा आफुलाई महिला मानवअधिकारकर्मी बताउने सृजना वाग्ले पनि सहभागी भएको देखिएको भिडियोमा कल्पनाले बताएकी छन् ।

लक्ष्मी गदालले उनीहरुको वारेमा वास्तविकता वताएपछि आफुलाई पनि हिम्मत आएर उनीहरुका बारेमा खुलाउन हिम्मत आएको बताएकी छन् ।

आफुले नारायण पौडेलसंग १५ लाख रुपैया लिन बाँकी रहेको र सोही पैसाको साटो जग्गा दिने भनेर उनीहरुले भने पछि अञ्जु र कल्पनाको श्रीमान संगै जग्गा हेर्न भन्दै गएका थिए ।

त्यही संगै गएको बेलामा मलाई कल्पनाको श्रीमानले अनैतिक काम गरे भनेर आरोप लगाएको कल्पनाको भनाई छ । कल्पना गदाललाई पनि अञ्जु नाम गरेकी महिलाले तिम्रो श्रीमान मसंग छन्, म किशोरको श्रीमती हो भन्दै फोन गरेपछि किशोर र लक्ष्मीको बिचमा समस्या आएको थियो ।

कल्पना भन्दा पहिला एक जना पूर्व आर्मी रामकुमार खत्री पनि आफुलाई अञ्जुलाई नराम्रो म्यासेज पठाएको आरोपमा अदालत धाइरहेको भन्दै सार्वजनिक भएका थिए ।

कल्पना, पूर्व आर्मी रामकुमार खत्री र लक्ष्मी गदालको घटनामा एउटै समुह संलग्न भएको देखिएको छ । त्यसमा मानवअधिकारकर्मी बताउने सिर्जना वाग्ले समेत रहेको उनीहरुले बताएका छन् ।

यो पनि,,,,पूर्वरानी कोमल र नेता झलनाथ खनालको स्वास्थ्यको पछिल्लो अवस्थाबारे अस्पतालले दियो यस्तो जानकारी

कोरोना पुष्टि भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वरानी कोमल शाह र एमाले नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाका बारेमा राम्रो समाचार प्राप्त भएको छ ।

दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । शाहलाई प्रति मिनट १० लिटर अक्सिजन दिएर उपचार गरिएको र उनको अवस्था सुधार नभएको भन्दै समाचार सार्वजनिक भएपछि अस्पतालले त्यस्तो खबरको खण्डन गरेको छ ।

शाहको स्वास्थ्य अवस्थाबारे गरिएका त्यस्तो प्रचारको खण्डन गर्दै अस्पतालले अवस्था सुधारोन्मुख रहेको बताएको हो । हिजो अस्तिभन्दा धेरै इम्प्रुभ भएको छ । अक्सिजनको लेभल पनि बढेर गएको अस्पतालले जनाएको छ ।

पूर्व रानी अब खतरामुक्त भएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतले पूर्वरानी शाहको प्लाज्मा थेरापी विधिद्वारा उपचार गरिएको भन्ने भनाइको पनि खण्डन गरिएको छ । ‘प्लाज्मा थेरापी भन्ने कुरा सबै बकवास हो । मनगढन्ते कुरा हो’, स्रोतले भनेको छ ।

यता,कोरोना देखिएपछि हिजो नर्भिकमै भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । खनाललाई पखाला चलेको भएपनि अरु कुनै स्वास्थय समस्या नभएको स्रोतले बताएको छ । ‘एकदम नर्मल हुनुहुन्छ । कुनै समस्या छैन’,अस्पताल स्रोतले भन्यो ।

यो पनि,,,घर नहुँदा मन्दिरमै बुबाको किरिया बसिन् १२ वर्षकी बालिका

बुवाको निधन भएपछि एक १२ वर्षकी बालिका मन्दिरमा किरीया बसेकी छन् । घर नभएका कारण बुवाको अन्तिम संस्कार पछिको किरिया उनी मन्दिरमा बसेकी हुन् ।

यस्तो समाचार सार्वजनि भएपछि ति ११ वर्षकी बालिकालाई घर बनाउनका लागि आर्थिक सहयोग जुट्न थालेको छ । सानी १२ वर्षकी बालिकाले दुख गरेर मन्दिरमा बुवाको किरिया बसेको देखेपछि सामाजिक सञ्जा मार्फत उनका लागि सहयोग जुट्न थलेको हो ।

सल्यानको शिद्धकुमाख गाउँपालिका–३ कल्याचौर, हाल दाङ तुलसीपुरमा कोठा लिएर बस्दै आएका ४० वर्षीय भोलाराम बोहराको सवारी दुर्घटनामा परि निधन भएपछि १२ वर्षीया छोरी रितु बोहराले मन्दिरमा किरिया गरेकी हुन् ।

लामो समयदेखी भाडाको घरमा बस्दै आएका बोहराको निधन पछि उनको परिवार पनि एक्लिएको छ । बुवाको अन्तिम संस्कार पछिको किरिया समेत गर्ने ठाउँ नभएपछि उनको १२ वर्षकी छोरी मन्दिर गएकी थिइन् ।

छोरी रितुका बारेमा विभिन्न मिडियामा तस्बिर सहित समाचार सार्वजनिक भएपछि सहयोग रकम उठ्न थालेको हो ।

सल्यान कोटमौलाका शुवर्ण योगीले उनको सहयोगका लागि अभियान नै चलाएका थिए । उनलाइ हाल सम्म १ लाख ८९ हजार १ सय ५ रुपैँया सहयोग प्राप्त भएको उनले बताए ।

ति बालिकालाइ सहयोग गर्न चाहानेले मृ त क भोलारामकी श्रीमती सोभा बोहराको एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर ०३३००५०१२१०३४१ मा सहयोग गर्न सक्ने र ९८१०९५१५७८ र ९७४२२३०२२६ मा सम्पर्क गर्न सकिन्छ । लेकाली अनलाईनले यसको लागि सहयोग पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button