माधव पक्षका यि तीन नेताका कारण बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्न सकेन

काठमाडौ। नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा विहान ११ वजेका लागि निश्चित गरिएको थियो । तर बैठक सुरु हुन सकेको छैन । माधव नेपाल पक्षका केही नेताहरुसंग एमाले अध्यक्ष केपी शर्मा ओली ब्यक्तिगत रुपमा बैठकमा बसेका कारण एमाले स्थायी कमिटी बैठक सुरु हुन नसकेको हो ।

एमाले बैठक अगाडी ओलीले माधव पक्षका केही नेताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । त्यसकै लागि उनले माधव पक्षका केही नेताहरुसंग छलफलमा बसेका छन् ।

बालुवाटार स्रोतका अनुसार, अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य छलफलमा छन् । उनीहरुसंग ओली वार्तामा भएका कारण स्थायी कमिटी बैठक सुरु हुन नपाएको हो ।

यता माधव कुमार नेपालले पनि बैठकको मिति पर सार्न आफ्ना पक्षका नेताहरु मार्फत सन्देश पठाएको बुझिएको छ । आफु सहित बसेको बैठकले मात्र माओवादी छोडेर आएका नेताहरुलाई केन्द्रीय कमिटीमा सहभागी गराउने विषयमा औपचारीक निर्णय लिनुपर्ने उनको माग हो ।

माधव समूहका नेताहरुले यो बैठक रोक्न माग गर्दै आएका छन् । दशौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले यसले बोलाएको बैठक रोक्नुपर्ने माधव समूहको भनाइ छ ।

विहिवार राती र शुक्रवार विहान पनि अध्यक्ष ओली र नेपाल बीच टेलिफोन सम्वाद भएको थियो । उक्त सम्वादमा अध्यक्ष ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए भने नेता नेपालले बैठक रोक्न भनेका छन् ।

माधव पक्षले बैठक वहिष्कार गर्नुको २ कारण देखाए

शुक्रवार बस्दै गरेको नेकपा एमालेको स्थायी कमिटी बैठक माधव कुमार नेपाल पक्षले वहिष्कार गरेको छ । बैठकमा नेपाल पक्ष पनि सहभागी हुन् भन्नेमा अध्यक्ष केपी शर्मा ओली पक्ष थियो ।

विहिवार ओलीले नेपाललाई टेलिफोन मार्फत पनि बैठकमा सहभागी हुन निम्ता दिएका थिए । इमेल र एसएमएस पठाएर बैठकका लागि बोलाइएको थियो ।

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बीहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘पार्टी विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

त्यस्तै माओवादी केन्द्र छोडेर एमालेमा आएका रामबहादुर थापा बादललाई केन्द्ीय कमिटीमा थप्ने निर्णय पनि आफुहरु सहभागी भएको बैठकले मात्र गर्नुपर्ने माग माधव नेपाल पक्षको छ ।

पहिले नै वादलहरुलाई केन्द्रय कमिटीमा थप गरिएका कारण त्यो निर्णय महाधिवेश आयोजक कमिटीकै निर्णय भएको नेपाल पक्षको तर्क छ । यो उनीहरुको दोस्रो सर्त हो ।

केपी ओली र माधव नेपालबीच वार्ता भएर त्यस आधारमा मात्र बैठक बोलाउनुपर्ने नेपाल पक्षको माग हो । नेपाल पक्षले २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त राखेको छ ।

रामबहादुर थापा बादलसहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका नेताहरूलाई पनि एमालेको जेठ २ को बैठकपछि मात्र कमिटीमा सामेल गर्न सकिने नेपाल पक्षको भनाइ छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button