माधव नेपाल समूहलाई ६ मन्त्रालय, को को हुँदैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एमालेको माधव नेपाल समूह पनि सरकारमा जाने भएको छ । नेपाल समुहले ६ मन्त्रालयमा माग गरेको छ ।

तर धेरै दल सहभागी हुने सरकारमा मन्त्रालयको टुंगो भने लागेको छैन । एउटै पार्टीका फरक समुह भएका कारण देउवालाई मन्त्रालयको भाग लगाउन निकै समस्या परेको छ ।

नेपाल समुह पनि सरकारमा जाने भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएका छ । माधव पक्षका नेता मेटमणी चौधरीले आफुहरु सरकारमा सहभागी हुने निष्कर्षमा पुगेको पुष्टि गरेका छन् ।

त्यसका बारेमा औपचारीक निर्णय लिन समुहको बैठक बस्दैछ । देउवालाई विश्वासको मत दिएका २२ सांसद बैठक बसेर त्यसवारे टुंगो लगाउने भएका हुन् ।

चौधरीले आफुहरुले ६ मन्त्रालयमा दावी गरेको भएपनि मन्त्रालयको टुंगो भने नलागेको बताएका छन् । बानेश्वरस्थित अर्याल होटलमा बस्ने नेपाल समुहको बैठकले त्यसवारे औपचारीक निर्णय गर्नेछ ।

देउवालाई प्रधानमन्त्री बनाउन नेपालको ठूलो भूमिका छ । उनले आफ्नै पार्टीको सरकार गिराएर देउवालाई प्रधानमन्त्री बनाउ संघर्ष गरेका थिए ।

मंगलवार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरे पछि यसवारेमा धारणा बनेको हो । उक्त विषयमा प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।

ओलीको चलाखी ! सर्वोच्चको फैसलाले पनि अब माधव नेपाललाई गरेको कारवाही रोक्न सक्दैन, स्पष्टिकरणपत्रमा यस्तो लेखियो

 सर्वोच्च अदालतको फैसलाले पनि माधव नेपाल पक्षलाई कारवाहीवाट रोक्न नसक्नेगरी नेकपा एमालेको ओली पक्षले चलाखी अपनाएको छ ।

सर्वोच्चको फैसलाले विपक्षमा मतदान गरेकै कारण पार्टीको ह्वीप भन्दै सांसदहरुलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको थियो ।

प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई एमाले केन्द्रीय कमिटी बैठकले २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

मंगलवार पठाउन लागिएको स्पष्टिकरणको पत्रमा सर्वोच्चको फैसलालाई पनि ध्यानमा राखेर प्रश्न गरिएका छन् । स्पष्टिकरण पत्रमा देउवालाई विश्वासको मत दिएको कुरा नै लेखिएको छैन ।

प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा माधव पक्षका सांसद अनुपस्थित रहेको कुरालाई पत्रमा लेखिएको छ ।

‘वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा किन मत नदिएको ? भन्दै स्पष्टिकरणमा पत्रमा लेखिएको छ ।

ओलीले विश्वासको मत लिने बेलामा एमालेकै सांसद अनुपस्थित भएका कारण ओलीले विश्वासको मत लिन नसकेको र त्यसैको परिणम स्वरुप संसद विघटन गर्नु पर्ने अवस्था आएको विष्लेषण गर्दै बैठकले स्पष्टिकरणपत्रमा यस्तो प्रश्न समावेश गरेको छ ।

त्यस्तै देउवालाई मत दिएकै कारण कारवाही गर्न नपाइने सर्वोच्चको फैसलामा भएका कारण अर्को प्रश्न गरिएको छ, ‘पार्टी अनुशासन उल्लंघन किन गरेको ?’अध्यक्ष ओलीनिकट एमालेका एक नेताले सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर ह्वीपको कुरा उल्लेख नगरिएको र ‘अनुशासन उल्लंघनको कुरा उल्लेख गरिएको’ बताएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1

सम्बन्धित समाचार

Back to top button