माधव नेपाल र उपेन्द्र यादवसँग कुराकानी गरेपछि प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।

कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्।

‘प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्।

चामेका पहिरो पीडितको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले मनाङको चामेको पहिरो पीडितहरुको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार मन्त्रालयमा सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

छलफलमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुन थापा, उपरथी शरदलाल श्रेष्ठ र त्यहाँ काम गरिरहेका प्रमुख सेनानी (इञ्जिनियर) इन्दिवर गुरुङ थिए ।

पहिरोले मर्स्याङ्दीको बहाव परिवर्तन भएकाले त्यसलाई पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै गृहमन्त्री खाँणले लम्जुङको बेसीसहरबाट चामेसम्म खाद्यान्न पुर्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका थिए । मनाङको पहिरोको समस्याबारे पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भीम रावललाई ओलीको आग्रहः राजीनामा फिर्ता लिनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए ।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button