माधव नेपालले वहिष्कार गरेको स्थायी कमिटी बैठकमा उनकै समुहका यि नेता पुगे, के उनीहरुले नेपालको साथ छोडेका हुन् ?

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । सरकारवाट वाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बसेको हो ।

एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनले वहिष्कार गरेको बैठकमा नेपाल पक्षकै नेताहरु भने सहभागी भएका छन् ।

तुल्सीलाल स्मृति भवनमा चलिरहेको बैठकमा सहभागी हुन एमालेको माधवपक्षबाट कार्यदलमा सहभागी नेताहरु पुगेका हुन्।

वार्ता टोली संयोजक एवंम् उपाध्यक्ष भीम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका छन्।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठकमा सहभागी हुन माधव पक्षका नेतालाई पनि बोलाएका थिए ।

माधव नेपालले बैठक स्थगित गरेर सहमति गर्न सन्देश पठाएका थिए । तर ओलीले उनको सन्देश अस्वीकार गरेर बैठक बोलाएका हुन् ।

१० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक माधव पक्षकै आग्रहमा स्थगित भएको थियो। प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र नेपालसंग झन रिसाएका छन् ।

उनले नेपाललाई अब एमालेमा स्थान नभएको प्रतिकृया दिएका छन् ।

बालुवाटार छोडेर बाल्कोट पुगेकै दिन उनले नेपाललाई अब एमालेमा कुनै स्थान नभएको उद्घोष गरेका थिए । नेता नेपालकै सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् । वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन्।

उनले औपचारीक रुपमा विपक्षी गठबन्धनमा सहभागी नहुने बताएपनि नेताहरुले उनलाई भेट गरिरहेका छन् ।

बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि उनलाई भेट्न कोटेश्वर पुगेका थिए ।

१० बुँदे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन्।

बिहीबार उनीहरूको अनौपचारिक बैठक बसेको थियो। यो बैठकले नै स्थायी समिति बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी समितिको बैठक बोलाइएको हो

दुबई ड्युटी फ्रि राफलमा एक नेपालीले जिते १९ लाख पर्ने बीएमडब्लु रेसिङ बाइक

दुबईमा एक नेपालीले दुबई ड्युटी फ्रि राफलमा बीएमडब्लु रेसिङ बाइक जितेका छन् ।

दुबइ ड्युटी फ्रिले संचालन गर्ने मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन् ।

खलिज टाइम्समा प्रकाशित समाचार अनुसार ३० वर्षिय नेपाली रोहित मोटेले बीएमडब्लु आर नाइनटी स्क्र्याम्बलर ब्ल्याक स्टोर्म मेटालिक रेसिङ रेड मोटरसाइकल जितेका हुन् ।

उनले गत जुलाई १ तारिखमा किनेको फाइनेस्ट सरप्राइज सिरिज ४६१ अन्तर्गत टिकट नम्बर ०५७५ अन्तर्गत सो पुरस्कार जितेका हुन् ।

बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिकामै १६ हजार डलर पर्छ । जसको नेपाली रुपैयाँ १९ लाख हुन्छ । अमेरिकाबाट नेपाल ल्याउँदा यसको मूल्य अझै धेरै हुन्छ ।

सिरिजको १ मिलियन डलर ज्याकपट उपहार भने एक भारतीयले जिते । भारतको ठाणेका गणेश शिन्देले टिकट नम्बर ०२०७ बाट यो पुरस्कार जितेका हुन् ।

यस्तै फाइनेस्ट सरप्राइज सिरिज अन्तर्गत ५२ वर्षका दुबइमा बस्ने अस्ट्रेलियाली नागरिक जस्टिन फ्रेन्चले रेन्जरोभर स्पोर्ट एचएसई डायनामिक ५.० कार जितेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button