माधव नेपालले अन्तिममा दिए धोका! बैठकमा यस्तो सुनेर देउवा परे छक्क

काठमाडौ । नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागी नहुने कुरा दोहोर्याएको छ ।

एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् ।

मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट गठबन्धन बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्दा उनले त्यस्तो जवाफ दिएका हुन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए।

प्रचण्डले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएकै बेला यस्तो अप्रत्याशित भनाई आएको हो । त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको थियो ।

नेपाल पक्षले संविधान जोगाउन मात्र आफुहरुले देउवालाई साथ दिएको बताएका छन् ।

एकताको पहल चलिरहेकाले नैतिक रुपमा पनि आफुहरु सरकारमा सहभागी हुन नमिल्ने नेपाल पक्षका नेताको भनाई छ ।

नेपाल पक्षले गठबन्धनलाई भन्यो, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।’

इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि

श्रीलंकाका अधिकारीहरूले विश्वको सबैभन्दा ठूलो निलमको एक क्लस्टर (समूह) फेला परेको जनाएका छन् ।

रत्नसम्बन्धी व्यापारीका अनुसार उक्त निलम ती व्यक्तिको आँगनमा इनार खन्ने क्रममा मजदुरहरूले फेला पारेका हुन् ।

यो घटना श्रीलंकाको रत्नपुराको रहेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा प्रचुर मात्रामा रत्नहरू रहेका छन् ।

विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्। उक्त निलमको तौल ५१० किलो रहेको छ ।

र, उक्त निलमलाई सेरेन्डिपिटी सफायर (भाग्यले मिलेको हिरा) नाम दिइएको छ ।

बीबीसीका अनुसार उक्त निलम भेटिएको घरका मालिकले बताएका छन्- इनार खनीरहेका व्यक्तिहरूले केही दुर्लभ रत्न भेटिने सम्भावनाका बारेमा बताएका थिए । र, खन्ने क्रममा उक्त विशाल हिरा भेट्टिएको हो ।

सुरक्षाका कारण देखाउँदै ती व्यक्तिले आफ्नो पूरा नाम र यकिन ठेगाना बताएका छैनन् ।

‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन चाहेनन्।

गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ। ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए। त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button