माधवलाइ फकाउन ओलीले फोनमा यसो भनेपछि माधव नेपालले गरे ठाडै अस्विकार

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ।

अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ।

बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए। सोही बमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए।

तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ। नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेका हुन्।

केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ।

नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ।

ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन्। सर्वोच्च अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

ओलीले वामदेवलाई भने, ‘पार्टी एकताको जिम्मेवारी अब तपाईले सम्हाल्नुस्’

एमाले उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएकै दिन निकै ठूलो जिम्मेवारी पाएका छन् ।

गौतमले माधव कुमार नेपाल पक्षलाई पनि समेटेर पार्टी एक बनाउनुपर्ने र त्यसको पहलका लागि आफुले अध्यक्ष ओलीलाई सहयोग गर्ने बताएपछि ओलीले त्यसको जिम्मेवारी नै गौतमलाई दिएका हुन् ।

एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा गौतम पहिलो पटक सहभागी भएका थिए । उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिएका हुन् ।

उपाध्यक्ष गौतम नेकपा बिभाजनपछि कुनै पनि समुहमा नलागी पार्टी एकता अभियानमा लागेका थिए । ओलीले माधव समुहलाई पार्टीको हितमा सहमति गरी फर्काउने जिम्मा गौतमलाई दिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नेता गौतमले मन्तब्यका क्रममा माधव कुमार नेपाल र उनको समुहले गलत गरेको भन्दै टिप्पणी समेत गरेका थिए ।

‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ। माधवजीहरूले गलत गर्नुभयो। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै एक एमाले नेताले भने, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ। म यहाँबाट खुशी भएर जान्छु।’ गौतमको सो भनाईको स्वागत गर्दै अध्यक्ष ओलीले भने, ‘एकताको पहल तपाईंले लिनुहोस ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button