माओवादी नभएपनि देश चल्छः प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बैठकमा माओवादीलाई खबर गरिएपनि नआएको बताउँदै उनले भने, ‘उहाँहरु किन आउनु भएन त्यो थाहा भएन, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने तर खबर नै गरिएन भन्नु अमिल्दो भएको पनि उनले बताए । 

आजको सर्वदलीय बैठक माओवादीले बहिस्कार गरेको थियो ।

यो पनि,,,कोरोनाको ‘युके भेरियन्ट’ शक्तिशाली छ, सतर्क हुनुपर्छः डा. पुन

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन् ।

यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न आग्रह गरे । 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै डा. पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ ।

यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नअपनाए नियन्त्रण बाहिर जान सक्छ ।’ उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिएजति तीन महिनामै पुगेको बताए । 

आफूहरुले केही समय पहिले काठमाडौँ कोरोनाका नयाँ हट स्पट बन्ने भन्दा विरोध भएको सम्झिदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारतबाट र तराईबाट काठमाडौँ पसेका व्यक्तिहरु खुलमखुला रुपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भिडभाडमा नजान आग्रह गरे ।

स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौँ भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए । 
कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए ।

उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए । 

डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिए । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button