माओवादीमा फर्किन्नँ, बाटो बिराएका, मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत छ – रायमाझी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक पर्ने बताएका छन् ।
कास्कीको रुपा गाउँपालिकाद्वारा स्थानीय तह स्थापनाका अवसरमा आयोजित मूल समारोहको आज उद्घाटन गर्दै उनले सरकार सबैखाले चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।
मन्त्री रायमाझीले रुपा ताललाई रोजगारीको आधार बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले रु चार अर्बको लागतमा रुपा परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यकपर्ने बताउँदै उनले सरकार सुख्खा जमीनमा सिँचाइको व्यवस्था गरेर उत्पादकत्व वृद्धिमा जोड दिँदै आएको छ बताएका छन् ।
उनले आफुँ पदको निम्ति दौडिने मान्छे नभएको भन्दै सांसद पद गए पनि समृद्धिको यात्रा सगै ओलीको साथ नछोड्ने बताए । “हामी पदको लागि दौडिने नेता होईन, सांसद पद गए जाओस ” रायमाझी को भनाइ थियो ।
जतिसुकै ड्राइभर बदले, जतिसुकै गाडी बदले या जतिसुकै पार्टपुर्जा बदले पनि कुशल मेकानीक को आवश्यकता भए जस्तै हाम्रो समृद्धिको यात्रा कष्टकर नहुने प्रष्ट पारेका थिए ।
उल्टै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लाई एकतालाई मुलमन्त्र बनाएर अगाडि बढ्न साथै आफुहरु ले स्वागत गर्न सक्ने समेत बताएका थिए । बरु प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले मन नबिगारी फर्कन माधव समूहलाई आग्रह गरे । ‘हामी त भइरा’छौँ भने अरु साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ,’ उनले भने, ‘बाटो बिराएका, मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत गरौँ ।’
सर्वोच्च अदालतको फैसलाले एकीकरण खारेज भएर एमाले र माओवादी ब्युँतिएपछि बादल, रायमाझीहरुले प्रधानमन्त्री ओलीको साथ छोडेका छैनन् । सांसद पद भए पनि ओलीको साथ नछोड्ने रायमाझीले दोहोर्याए ।