महंगीले सिमा नाघ्यो,सरकारको चरम लापरबाही

६ माघ, काठमाडौं । उपभोक्ता तथा खुद्रा व्यापारीहरुका अनुसार पछिल्लो एक महिनादेखि बजारमा अत्यवश्यक वस्तुको मूल्यवृद्धि अस्वाभाविक देखिएको छ । खाने तेल, चामल, हरियो तरकारी, कुखुराको मासु, दाल केराउदेखि निर्माण सामग्रीसमेतको मूल्य बढाइएको छ ।

एक महिनाको अवधिमा खाने तेल, चामल, दाल र केराउको मूल्य होलसेलबाट बढेर आएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । होलसेलका कारण खाद्य वस्तुको मूल्य बढ्दा उपभोक्ता र खुद्रा व्यापारीबीच सम्बन्ध बिग्रिने अवस्था आएको भन्दै उनले मूल्यवृद्धिको यथार्थ कारण खोज्न सरकारसँग माग गरे ।

खाद्य वस्तुको मूल्य बढेको विभागको जानकारीमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

भारतमा उत्पादन हुने चामल भियतनाम र चीनतर्फ निर्यात हुन थालेपछि नेपालमा चामल महंगो भएको खाद्य वस्तुको होलसेल व्यवसायीहरुको संगठन नेपाल खाद्य किराना व्यवसायी संघको तर्क छ । किलोमा तीनदेखि चार रुपैयाँसम्म चामल महंगो भएको संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका आपूर्ति समिति सभापति देवेन्द्रभक्त श्रेष्ठले दाबी गरे ।

तेल र केराउको मूल्य बढ्नुमा भारततर्फ अत्यधिकरुपमा निर्यात हुनु रहेको श्रेष्ठको दाबी छ । भारतमा महंगोमा बिक्री गर्न पाउने भएपछि सीमा क्षेत्रका उद्योगीले उतैतर्फ खाद्य वस्तु निर्यात गरेको उनको तर्क छ ।

‘अनुगमन र सहजीकरण गर्ने सरकारी निकाय पनि मौन बस्दाको परिणाम उपभोक्ताको थाप्लोमा परेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button