मन्त्रिपरिषद् बैठकको निर्णय: विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने सरकारले निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना जोखिम बढेसँगै बालबालिकामा संक्रमण फैलिन सक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको उनकाे भनाइ छ।

यो पनि,,,११ वर्षदेखि बेपत्ता बाबुको खोजीमा लाग्दा पनि पत्ता नलागेपछि आमाका आखाँबाट बलिन्द्र आँशु

काठमाडौं । छोराको विवाह गरेको १५ दिनमै घर छाडेका व्यक्ति सम्पर्कमा नआउँदा परिवार पीडामा छ । छरछिमेक, साथीभाई, इष्टमित्रले बेलाबखत बुबा कहाँ हुनुहुन्छ भनेर सोध्दा छोराको मन रुन्छ ।

परिवारमा बुबाले घर छाडेपछि आमाले व्यवहार सम्हाल्दै आउनु भएको छ । बुबाले घर छाडेका सुरुका दिनमा परेका कठिनाई विस्तारै खाटा बस्दैछन् । कहिले काही खाटा लागिसकेको घाउ कोट्याइदिनेहरुका कारण आमाका आखाँबाट बलिन्द्र आँशु झर्छन् ।

काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर २ साविकको दाप्चा फुलवारीका अमन्ती दाहाल आजसम्म घर फर्केर नआउँदा परिवारको यो वेदना सुनेर कम गरिदिने कोही छैन । खोजी गरेर ल्याइदिन्छु भन्ने कोही छैनन् । त्यसैले सुप्रियादेवी दाहाललाई अमन्ती सरको कुरा नसोधे पनि हुन्थ्यो भन्ने लागिरहन्छ ।

अमन्तीले चैत १५ गते विहान बनेपा बजारमा एक जना अधिबक्ताको कार्यालयबाट फोन गरे । दिउँसो कलंकीको पेट्रोलपम्प नजिकबाट छोरासँग भएको फोन सम्वादपछि न अमन्तीले परिवारसँग सम्पर्क गरे न त परिवारले सम्पर्क गर्न सकेको छ ।
सुमनको परिवारले ३ बर्षसम्म अमन्तीको खोजी गरे ।

कहि कतै अत्तोपत्तो लागेन । देखेको, भेटेको सुनाउनेहरुले लगेर भेटाइदिएनन् । बुबाको खोजीमा लागेका सुप्रियादेवीको परिवारमा २०७७ साल साउन महिनामा घरमै आएका भुकम्प प्रतिरोधी घर निर्माण भए नभएको जाँच गर्ने प्राविधिक दुर्गा अधिकारीले अमन्तीसँग आधा घण्टा भेटेको भनेर जानकारी गराए ।

देशको कुनै पनि ठाउँमा बुबालाई देख्नेले खवर गर्नेछन भन्नेमा पनि सुमन बिश्वस्त छन् । उनको बुबालाई कतै देखेभेटेमा अमन्ती दाहाल परिवारका एक्ला छोरा सुमनलाई खवरगरिदिनु हुन हामी पनि तपाई सबैलाई अनुरोध गर्छौ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

Back to top button