मन्त्रालयको गाडीभित्र भक्तपुरमा एक युवक र युवती यौ’नज’न्य क्रि’या’क’ला’प गरिरहेको अवस्थामा पक्राउ
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ’नज’न्य क्रि’या’क’ला’प गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।
बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घ्याम्पेडाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र नां’ ‘गै देखेपछि उनीहरुलाई पक्राउ गरेको जगाती बृत्तले जनाएको छ। दुई जनाभित्र यौ’न क्रि’या’क’ला’प गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन्। महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
खत्री र कार्की नातेदार रहेको बताइएको छ। उनीहरुविरुद्ध मुलुकी अ’प’रा’ध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौ’न क्रि’या ग’र्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। श्रोत नेपाल खबर
अनलाइन टिभी पत्रकार संघ बाँके जिल्ला शाखा बिस्तार,अध्यक्षमा कृष्णराज अधिकारी
अनलाइन टिभी पत्रकार संघ नेपालको बाँके शाखा बिस्तार भएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरि बाँके शाखाको नयाँ कार्यसमिति बिस्तार गरिएको हो।
अनलाइन टिभि पत्रकार संघ बाँकेको अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनुभएको छ । बाँकेको नेपालगंजमा आयोजीत अनलाइन टिभी पत्रकारहरुको भेलाले कृष्णराज अधिकारीको अध्यक्षतामा १३ सदस्य सहितको तदर्थ कार्यसमीती चयन गरेको हो ।
जसको उपाध्यक्षमा सूर्य बहादुर कार्की, सचिवमा केशराज खड़का,सह सचिवमा रामप्रकाश महतो कोषाध्यक्षमा सुरेंद्र कुमार आरसी रहेका छन् ।
सदस्यहरुमा धनराज बुढाथोकी,कुलेन्द्र विश्वकर्मा,पुष्पराज आचार्य,भूपेंद्र बस्नेत,प्रमोद डीजी, इन्द्रा चन्द,ओमराज डाँगी र रामप्रसाद आचार्य चयन भएका हुन । त्यस्तै कार्यसमितिको सल्लाहाकारको रुपमा नेपाल पत्रकार महासंघ बाँकेका २ जना पत्रकारलाई पछि थप गर्नेगरी चयन गरीएको छ ।
अनलाइन टिभी पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान वलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी प्रचण्ड जिसी लगायत अनलाइन टिभीमा आवद्ध ३० जना बढी पत्रकारहरुको सहभागी रहेको थियो ।
“अनलाइन टिभीमा भविष्य खोज्ने पत्रकारहरूका लागि अनलाइन टिभी पत्रकार संघ बाँके शाखा सहयोगी संस्था बन्नेछ।”
, अध्यक्षमा चयन भएपछि नव अध्यक्ष अधिकारीले भने, “बाँकेमा छरिएर रहेका अनलाइन टिभी पत्रकारहरूलाई एकत्रित गरि आज छुटेका अन्य अनलाइन पत्रकारलाई समेत समेटेर अगाडि बढ्नेछौँ। साथै अनलाइन टिभी पत्रकार संघ बाँकेलाई उदाहरणिय शाखा बनाउन सधै तत्पर रहनेछौँ।”
यसरी बाँकेमै अनलाइन टिभी पत्रकार संघको शाखा बिस्तार हुँदा बाँकेका अनलाइन टिभी पत्रकारहरु निकै उत्साहित बनेका छन् ।