मधुमेहदेखि कब्जियतमा राहतसम्मः आलुबखडा खानुका ८ ठूला फाइदा

गुलियो–अमिलो स्वाद भएको आलुबखडा आजकाल बजारमा जताततै पाइन्छ । आलुबखडा, आरु, खुर्पानी आदि फल एउटै परिवारसँग सम्बन्धित छ । यो रात, प्याजी, पहेँलो, गुलाबी रङका हुनुका साथै आकारमा साना–ठूला पनि हुनसक्छन् ।

हज्जारौं वर्ष अघि आलुबखडाको उत्पत्ति चीनमा भएको थियो । त्यसपछि यसलाई जापान, अमेरिका र युरोपमा केही हिस्सामा पनि पाइन थालियो । आज संसारभरी आलुबखडाका २ हजारभन्दा बढी प्रजाति फलाइन्छ । यसलाई काँचै, सलादको रुपमा वा विभिन्न प्रकारले बनाएर खान सकिन्छ । 

आलुबखडा स्वास्थ्यको हिसाबले गुणको खजाना हो । यसमा मिनरल्स, भिटामिन, फाइबरको भरपुर मात्रा पाइन्छ । यसमा पाइने भिटामिन सी शरीरलाई स्वस्थ्य राख्नमा, मांसपेशीको निर्माण र रक्त कोसिका बन्न मद्दत गर्छ । 

एक कप आलुबखडामा क्यालोरी : प्रोटिन : १ ग्राम, फ्याट : १ ग्रामभन्दा कम, कार्बोहाइड्रेट : १८ ग्राम, फाइबर : २ ग्राम र चिनी : १६ ग्राम पोषक तत्व पाइन्छ । यसबाहेक आलुबखडालाई क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, पोटासियम, भिटामिन सी, भिटामिन ए, भिटामिन के, फोलेटको राम्रो स्रोत मानिन्छ । 

आँखालाई स्वस्थ बनाउँछः

आलुबखडामा भिटामिन ए र बीटा क्यारोटिन पाइन्छ । यो आँखाका लागि फाइदाजनक हुन्छ । नियमित रुपमा यसको सेवन गर्दा आँखा स्वस्थ रहन्छ । 

मुटुका लागि फाइदाजनकः

आलुबखडामा पाइने फाइटोकेमिकल्स र पोषक तत्व मुटु रोग निम्त्याउने इन्फ्लामेसन (सुन्नाई) कम गर्छ । 

तनाव हटाउँछ :

आलुबखडामा पाइने एन्टिअक्सिडेन्टले तनाव हटाउन मद्दत गर्छ । जब शरीरमा एन्टिअक्सिडेन्ट कम हुन्छ तब व्यक्ति तनावग्रस्त हुनथाल्छ । त्यसैले नियमित रुपमा यसको सेवन गर्दा मानसिक तनावलाई हटाएर तपाईंलाई स्वस्थ र फिट बनाउन मद्दत गर्छ । 

कब्जियतबाट राहत :

आलुबखडामा डायट्री फाइबर हुन्छ जसमा सार्बिटल मुख्य रुपमा पाइन्छ । यो फाइबरले पाचन क्रियालाई दुरुस्त राखेर कब्जियतबाट राहत दिलाउन मद्दत गर्छ । 

रक्तचाप र स्ट्रोकः

आलुबखडामा पाइने पोटासियमले रक्तचापलाई दुई प्रकारले नियन्त्रित गर्न सक्छ । पहिला त यसले पिसाब मार्फत् शरीरको सोडियमलाई बाहिर निकाल्ने काम गर्छ भने यसले रक्तनलीको तनावलाई कम गर्छ । यसका साथै यसले कम रक्तचापमा स्ट्रोकको सम्भावनालाई कम गर्छ । 

एन्टीअक्सिडेन्टले भरपुरः

आलुबखडामा एन्टिअक्सिडेन्टको भरपुर मात्रा पाइन्छ । यसले शरीरको कोसिका र तन्तुलाई क्षती हुनबाट जोगाउँछ । यसका कारण मधुमेह, अल्जाइमर, पार्किन्सन्स र क्यान्सरजस्ता रोग हुने खतरा कम हुनसक्छ । 

ब्लड सुगर नियन्त्रणः

आलुबखडा फाइबरले भरपुर हुन्छ यसले ब्लड सुगरको स्तरलाई कम गर्न मद्दत गर्छ । यसले शरीरको एडिपोनेटिक्टन नामक हर्मोनको उत्पादन पनि बढाउन सक्छ । यो हर्मोनले ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ । 

हड्डीलाई स्वस्थ बनाउँछः

​जनावरमा गरिएको एक शोधबाट थाहा हुन्छ कि सुर्काको आलुबखडाले हड्डी स्वस्थ बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीको कमजोरी हटाउँछ र यसलाई बलियो बनाउन मद्दत गर्छ । 

विज्ञका अनुसार गुलियो मिठो स्वाद भएको आलुबखडालाई आफ्नो दैनिक आहारको हिस्सा बनाउँदा तपाईं स्वस्थ त हुनुहुनेछ, यसले तपाईंलाई मौसमी रोगबाट पनि बचाउँछ ।   

आलुबखडामा एन्टिअक्सिडेन्टको भरपुर मात्रा पाइन्छ । यसले शरीरको कोसिका र तन्तुलाई क्षती हुनबाट जोगाउँछ । यसका कारण मधुमेह, अल्जाइमर, पार्किन्सन्स र क्यान्सरजस्ता रोग हुने खतरा कम हुनसक्छ । 

ब्लड सुगर नियन्त्रणः

आलुबखडा फाइबरले भरपुर हुन्छ यसले ब्लड सुगरको स्तरलाई कम गर्न मद्दत गर्छ । यसले शरीरको एडिपोनेटिक्टन नामक हर्मोनको उत्पादन पनि बढाउन सक्छ । यो हर्मोनले ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ । 

हड्डीलाई स्वस्थ बनाउँछः

जनावरमा गरिएको एक शोधबाट थाहा हुन्छ कि सुर्काको आलुबखडाले हड्डी स्वस्थ बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीको कमजोरी हटाउँछ र यसलाई बलियो बनाउन मद्दत गर्छ । 

विज्ञका अनुसार गुलियो मिठो स्वाद भएको आलुबखडालाई आफ्नो दैनिक आहारको हिस्सा बनाउँदा तपाईं स्वस्थ त हुनुहुनेछ, यसले तपाईंलाई मौसमी रोगबाट पनि बचाउँछ ।   

आँपको बोक्रालाई नठान्नुहोस् बेकार, चाउरी कम गर्नेदेखि डण्डीफोर हटाउने

फलफूलको राजा भनेर आँपलाई भन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ । यसले गर्मीको दिनमा शरीरलाई चिसो राख्ने गर्छ ।

धेरैले आँपको बोक्रालाई बेकारको ठानेर डस्टबीनमा फ्याँक्ने गर्छन् ।

तर यसले तपाईंका विभिन्न समस्या टाढा राख्ने गर्छ भन्ने थाहा छ ? आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरिएको हुन्छ । यसले तपाईंको स्वास्थ्य र सौन्दर्यसँग जोडिएका थुप्रै समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरपुर हुन्छ । यसका फाइदाबारे जानकारी लिऔं ।

एन्टीअक्सिडेन्टले भरपुरः

साधारणतया आँपको बोक्रामा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्टले भरपुर हुन्छ । एन्टीअक्सिडेन्टले फ्री रेडिकल्सबाटबाट हुने हानीलाई काम गर्ने काम गर्छ । फ्रि रेडिकल्सले शरीरका सबै हिस्सालाई प्रभावित गर्छ जसमा छाला, आँखा यहाँसम्म कि मुटुसम्म पनि समावेश छ ।

चाउरीपनबाट राहतः

आँपको बोक्रामा छालालाई सफा गर्ने गुण हुन्छ । यसले समयअगावै देखिने चाउरीपनलाई नष्ट गर्ने गर्छ । यद्यपि, यो एउटा प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन तर यसलाई नियन्त्रण भने गर्न सकिन्छ ।

फ्रि रेडिकल्स, वायु प्रदुषण, तनावका कारण अनुहारमा चाउरी पर्छ । यसबाहेक यसले कालो दाग कम गर्छ र अनुहारमा निखार ल्याउँछ ।

आँपको बोक्राले बनेको पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राख्नुहोस् र पानीले धुनुहोस् । आँपको बोक्रालाई पेस्ट बनाउनका लागि यसलाई घाममा केही दिनसम्म सुकाउनुहोस् ।

डण्डीफोरबाट छुटकाराः

आँपको बोक्राको प्रयोग अनुहारमा डण्डीफोर हटाउनका लागि गर्न सकिन्छ । आँपको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै आँपको बोक्रालाई पेस्ट बनाएर लगाउँदा दाग धब्बा पनि टाढै रहन्छन् ।

ट्यानिङ हटाउन मद्दतगारः

आँपको बोक्रालाई अनुहार, हात र खुट्टामा दल्नुहोस् । यसमा भएको भिटामिन सीले ट्यानिङ हटाउने काम गर्छ । बोक्रा दलेपछि दही वा नौनीले मसाज गर्नुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् ।

बगैंचाका लागि सबैभन्दा राम्रो मलः

आँपमा भिटामिन ए, बीसिक्स, सीका साथै फाइबर, कपर, फोलेट पाइन्छ । यद्यपि, मानिसहरु आँपको बोक्रालाई बेकार सम्झेर फ्याँक्ने गर्छन् तर यसमा भिटामिन सी, ई, पोलिफेनोल, क्यारोटिनोयड हुन्छ ।

यो गर्मीमा आफ्नो बोटबिरुवाका लागि आँपको बोक्रालाई जैविक मलको रुपमा प्रयोग गर्नुहोस् । आँप खाएपछि बोक्रालाई स–सानो टुक्रामा काट्नुहोस् र त्यसलाई एउटा एयरटाइट कन्टेनरमा राख्नुहोस् । आँपको बोक्राका लापग एक गिला िपानी हाल्नुहोस् ।

ढक्कनलाई कसेर बाँध्नुहोस् र २४ घण्टाका लागि छोडिदिनुहोस् । भोलिपल्ट कन्टेनर खोल्नुहोस् र बोक्रालाई चलाउनुहोस् । त्यसपछि ढक्कन बन्द गर्नुहोस् र त्यसपछि २४ घण्टासम्म प्रतीक्षा गर्नुहोस् ।

तेस्रो दिन यो पानीलाई छान्नुहोस् । यसलाई एक गिलास पानी हालेर पातलो बनाउनुहोस् । यो मिश्रण आफ्नो बोटबिरुवालाई दिनुहोस् । राम्रो नतिजा पाउनका लागि हप्तामा एक वा दुईपटक दोहोराउनुहोस् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button