मजदुरले ज्याला नपाएपछि बन्द गरिदिए मोवाइल टावर, तीन जिल्ला सञ्चार सम्पर्क विहिन

काठमाडौ । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो।

टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए। हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन्।

मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ।

झण्डै रु दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन्। करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए।

टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्या भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए।

मजदुरलाई पटकपटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताए। ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको उनले बताए।

फेसवुकमा चिनजान भएको पुरुषको भर पर्दा के भयो ? ४५ जनाले दिए उजुरी

वेरोजगारी र विपन्नताले मानिसलाई कस्तो समस्यामा पार्छ भन्ने उदाहरण वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरुले भोगेको पीडावाट थाहा हुन्छ ।

सोझा महिलाहरुलाई सामाजिक सञ्जालमा माध्यमवाट चिनजान गर्दै कम्बोडिया सम्म लगेर बे च्ने गरेको एक गिरोहका नाइके फेला परेका छन् ।

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगेर बे च बि खन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनको एक ठूलो समुह नै रहेको खुलेको हो ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका २ का ३७ वर्षीय किसान राई छन्। राईलाई अन्य ४५ जना महिला तथा पुरूषलाई कम्बोडिया पुर्‍याएको आरोप छ। उनका समुहका ७, ८ जना अन्य ब्यक्ति कम्बोडियामा छन् ।

जसले नेपालवाट लगिएका महिलाहरुलाई अनैतिक काममा लगाउने गर्छन । होटल र रेष्टुरेष्टहरुमा उनीहरुलाई गलत काम गराइन्छ । घरेलु कामदार भनेर लगेर उनीहरुलाइ त्यहाँ फरक काम गराइने गरेको खुलेको हो ।

ब्युरोका अनुसार एक महिलालाई उनले फेसबुकबाट चिनजान गरी रोजगारीका लागि कम्बोडिया लैजाने आश्वासनमा हिँडाएका थिए। चार लाख पचास हजार रूपैयाँ पैसा लिएर ती महिलालाई उनले सुरूमा काठमाडौंबाट काँकडभिट्टा लगे।

त्यहाँबाट आसाम, नागाल्याण्ड, गुहावटी, मणिपुर पुर्‍याए। मणिपुरबाट पैदल हिँडाएर उनले म्यानमार पुर्‍याएका थिए।

म्यानमारबाट थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँ नागरिक बस्ने गरेको घरमा पुर्‍याएका थिए। एक लाख रुपैया कमाइ हुन्छ भनेर लगिएकी ति महिलालाई उनले गलत काममा लगाए ।

महिलालाई २०७६ फागुन १८ गते नेपालबाट हिँडाइएको थियो। उनी २०७७ कात्तिक ४ गते नेपाल फर्केर उजुरी दिएपछि उनका बारेमा रहस्य खुलेको हो ।  राईले अन्य ४५ जना नेपाल महिला तथा पुरूषलाई विभिन्न बाटो हुँदै कम्बोडिया लगेर अलपत्र पारेको उजुरी वैदेशिक रोजगार विभागमा छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button