मकैबारीभित्र भेटियो महिलाको शव

रतुवामाई नगरपाललिका-४ स्थित भद्र चोकको एउटा मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।

आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पहिचान नखुलेको अन्दाजी ३०/३५ वर्षकी देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ। अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ। अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

‘पहिचान भएको छैन। हाम्रो टोली खटिएको छ। अनुसन्धान भइरहेको छ,’डिएसपी राईले भने।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button