भोलि अस्पताल भर्ना हुँदै बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली पुगेका छन्।

उनी नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा भर्ना हुने उनको सचिवालयले जनाएको छ।

सोमबार दिल्ली गएलगत्तै उनी सो अस्पतालमा प्रारम्भिक रूपमा स्वास्थ्य परीक्षणमा गएका थिए।

उनलाई मंगलबार अस्पतालमै भर्ना उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन्।

भट्टराई लामो समयदेखि निदान अस्पतालमा उपचार गराउँदै आएका थिए। उनको पेटमा समस्या रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button