भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।

सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका छन्।

‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन्।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।

उनले लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्।

देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुँदैछन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button