भिम रावललाई अब पर्यो अर्को अप्ठेरो, के गर्लान् निर्णय ?

काठमाडौ । सांसद पदवाट राजिनामा दिएका नेकपा एमाले सुदूरपश्चिम (माधव समूह) का नेता भिम रावललाई अब अर्को अप्ठेरो परेको छ ।

आवेशमा राजिनामा दिएका उनको ठाउँ रिक्त रहेको सूचना संसद कार्यालयले अझै सार्वजनिक गरेको छैन ।

यस अर्थमा उनको राजिनामा स्वीकृत भएको छैन । सभामुखले राजिनामा स्वीकृत गर्ने कुनै कानुनी प्रावधान छैन । तर राजिनामा दिएका सांसदलाई सभामुखले फेरी एक पटक कन्फर्म गरेर मात्र ठाउँ रिक्त रहेको सूचना जारी गर्ने परम्परा छ ।

सभामुखले राजिनामा सनाखत नगरेका कारण सूचना जारी भएको छैन ।

यता उनका निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यले नेता प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् ।

संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले समेत उनलाई राजिनामा फिर्ता लिन आग्रह गरेका थिए ।

उनले माधव नेपालले गरेको गल्तीका कारण रावलले राजिनामा दिन नहुने ओलीको भनाई थियो ।

एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रकै सांसदको यस्तो चेतावनी आएपछि रावल अप्ठेरोमा परेका छन् ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए ।

तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।

जसपा ठाकुर समुहलाई २ मन्त्रालय दिँदा, यादव समुहले के दियो प्रतिकृया ?

ओली सरकारको सारथी बनेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष देउवा सरकारमा पनि सहभागी हुने भएको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने घोषणा गर्दा उनको विपक्षमा रहेको ठाकुर समुह मत दिने बेलामा यु टर्न भएको थियो ।

अहिले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णयमा पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटपछि यस्तो सहमति जुटेको हो । ठाकुर बुधवार विहान देउवालाई भेट्न पुगेका थिए ।

बालुवाटारमा विहान भएको छलफलमा दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति जुटेको हो ।

ठाकुर पक्ष सरकारमा जाने कुरालाई लिएर उनकै पार्टीको उपेन्द्र यादव पनि सहमत रहेको बताइएको छ । पार्टीको आधिकारीकताको विवाद लिएर निर्वाचन आयोग पुगेका ठाकुर र यादव समुह अब एकताको वाटोमा छन् ।

दुई मन्त्रालयमा सहमति जुटेपनि मन्त्रालयको टुंगो भने लागेको छैन ।

ओली सरकारले झलनाथलाई उपचार खर्च दिन्छु भन्दा चर्को विरोध गरेका गगनले देउवालाई अब के भन्छन् ?

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले दिने भनेपछि नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले त्यसको चर्को विरोध गरे ।

कुन कानुन अनुसार खनाललाई उपचार खर्च दिन्छु भन्नु भयो प्रधानमन्त्री ज्यू ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरे ।

तर अहिले उनकै पार्टीको सरकार छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफै फोन गरेर खनाललाई राम्रोसंग उपचार गर्नुस् खर्च सरकारले दिन्छ भनेर स्वास्थ्यलाभको शुभकामना दिए ।

ओली सरकारले उपचार खर्च दिन्छु भन्दा चर्को आलोचना गरेको गगन थापाले आफ्नै सभापति तथा प्रधानमन्त्रीले पनि सोही कुरा दोहोर्याउँदा भने सामाजिक सञ्जालमा कुनै प्रतिकृया जनाएका छैनन् ।

तर उनले मिडियासंगको कुराकानीमा भने त्यसो गर्न नमिल्ने प्रतिकृया दिएका छन् । जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका छन्।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेर प्रचण्डकै फोनवाट झलनाथलाई सम्पर्क गरी उपचार खर्च सरकारले दिने भनेका थिए ।

सो समाचार सार्वजनिक भएपछि गगनले त्यसो गर्न नमिल्ने बताएका हुन् ।

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button