भारतबाट नेपालको झापामा बच्चा चोर्न आएका ब्याक्ति बच्चा चोर्दाचोर्दै पक्राउ

भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका-८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए। घरछेउको बाटोनजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए।

त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए।

थाहा खबरका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ। ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मा’नसिक स’न्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन्।‘

उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ। ‘पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढाएका छैनौँ, डिएसपी थापाले भने, ‘उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाउने छौँ।‘

यता, स्थानीयबासीका अनुसार ती व्यक्तिलाई कसैले पनि नदेखेको र ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन्।

यो पनि,,,,,,युवतीले झुठो आरोप लगाइन् भन्दै भारतीय सेना मिडियामा, ग र्भ वती नै नभएर यसरी ब्ल्याकमेल गरेको खुल्यो रहस्य (भिडियो हेर्नुस्)

केही समय अघि भारतीय सेनामा कार्यरत धनकुटाका डेभिड लिम्बू नाम गरेका युवकले आफ्नी प्रेमीकालाई ग र्भ वति बनाएर सम्पर्क बिहीन भएको समाचार बाहिरिएको थियो । प्रेमिका रुँदै मिडियामा आएको भिडियो सार्वजनिक भएपछि डेभिड अहिले पत्रकार सम्मेलन गर्दै वास्तविकता बताउन आएका छन् ।

उनले परिक्षण गर्दा प्रेमीका गर्भवती नभएको खुलेको जनाएका छन् । आर्थिक लाभ लिन महिलाले त्यस्तो झुटो कुरा गरेको भन्दै युवकले पत्रकार सम्मेलन गरेका छन् । उनले आफ्नो पल्टनको नाम र ड्रेस सहितको तस्बिर फेसवुकमा राखेर जागिर धरापमा पार्न खोजेपछि आफु बाध्य भएर सार्वजनिक हुनुपरेको उनको भनाई छ ।

भिडियो सार्वजनिक भई सकेपछि इज्जत र जागिर दुवै जाने ड रले उनी नेपाल आएर आफुले बिहे अघि नै ग र्भ वति भएकी प्रेमीकालाई स्वीकार गरेका हुन् । तर माया भने उनले गर्छन् जस्तो नलाग्ने उनको बोली र व्यवहारबाट प्रष्ट देख्न सकिन्छ । उनले आफुले विवाह गरौं भन्दा पनि युवतीले नमान्ने, गर्भवती नभएरै झुटो बोल्ने र पैसाको माग गरेको पनि युवकको भनाई छ ।

अहिले ती भारतिय सेनामा कार्यरत प्रेमी घर आएका छन् । उनले आफु समस्यामा परेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उनले श्रीमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै नभएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको पाइएको छ । यस्तो गल्ति अब आफुबाट नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
2

सम्बन्धित समाचार

Back to top button