भाइरल सचिन परियारले बिबाद पछि झन् आफ्नै बुबा संग खेले अर्को भिडियो(हेर्नुहोस)

निर्देशक तथा कोरियोग्राफरका रुपमा परिचित प्रकाश भट्टले लेखेको गीत ‘फूलमाया’मा किन यति धेरै कलाकार राखियो ? सबैले यसलाई एउटा अवसरका रुपमा लिएर काम गरेका पनि होलान् ।

खेम सेन्चुरीको संगीत सिर्जना रहेको यस गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । खेम सेन्चुरी र सुमन थापा मगरको स्वर रहेको यस गीत साइभिजन प्रालिले बजारमा ल्याएको हो ।

प्रकाश भट्टको निर्देशन एवं कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेती र रवि न्यौपानेले छायाँकन गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको यो भिडियोमा व्यवस्थापनको जिम्मा भने गौरव भट्टले सम्हालेका छन् ।

सहकोरियोग्राफीको जिम्मा भने शेर साउद, सन्जीव खनाल, पुष्पा बर्मा, सुजिता श्रेष्ठले लिएका छन् । यस गीतको निर्माता भने सुरेश जोशी रहेका छन् ।

यस गीतको म्यूजिक भिडियोमा भने मोडलहरु विनोद श्रेष्ठ, सम्झना बुढाथोकी, रन्जिता गुरुङ, महेन्द्र गौतम, बाबुराम बोहरा, चक्र बम, ओबी रायमाझी, शिशिर पौडेल निक शर्मा, विनोद भण्डारी, काजिश श्रेष्ठ, विजय पुन, अनिश दुवाडी, प्रमिला तामाङ, जानुका तामाङ, रिना थापा मगर, रुबिना भण्डारी, कविता बानियाँ, सचिन परियार, रविना बसेल, तेजेन्द्र परियार, नारायण थापा, शरद एलजी, कुशल बेलबासे, तेजेश रेग्मी, निर आले मगर, लोमश शर्मा, प्रविन भट्ट, शम्भू कुँवर, सन्जु न्यौपाने, राजेश घिमिरे लगायतका जम्बो टोली देख्न सकिन्छ ।

यो पनि,,,दुई घन्टा ओली र माधवले एकै ठाउँमा मन माझामाझ गरेर हास्दै बाहिर निस्किए !

फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। अध्यक्ष अ‍ोली र नेपालबीच बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

नेपाल समूहका नेता योगेश भट्टराई बुधबार विहान बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै विगतका तितामिठा बिर्सिएर अग्रसता लिन ओलीलाई आग्रह गरेका थिए ।

सम्वादकै क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेको स्रोतको दाबी छ ।

करिब दुई घन्टा उनीहरुले मन माझामाझ गरे । कुराकानी के-कस्तो भयो भन्ने बाहिर आइसकेको छैन । तर, होटलबाट निस्किँदा माधव नेपालको बडील्याङ्वेज सकारात्मक नै थियो । यद्यपि, दुवै नेताले मास्क लगाएकाले अनुहारको भाव देख्न सकिएन ।

नेताद्वय म्यारियट होटल पस्दा मिडियाकर्मीले सूईंको नै पाएका थिएनन् । तर, उनीहरु दुई घन्टा वार्ता गरेर निस्कँदा होटल परिसरमा पत्रकारको घुँइचो लागिसकेको थियो । एकछिन हुलमुलकै अवस्था आएका थियो । पत्रकारले नेपाललाई रोकेर प्रतिक्रिया माग्न खोज्दा नेपाल पन्छिए । ‘साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्छु’ भन्दै उनी गाडीभित्र छिरे ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पत्रकारको नजिक नै परेनन् । अनौपचारिक पोशाकमा रहेका उनी सुरक्षा घेरामा फटाफट बाहिरिए ।

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार माेतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । ‘दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयाे,’ दुगडले भने ।\

दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् । सरकारकाे नेतृत्व गरिरहेकाे एमालेभित्रकाे विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हाे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button