भाँडभैलो भएकै बेला एमाले बैठक बस्दै, को को निकालिँदैछन् पार्टीवाट ?

काठमाडौ । नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेको छ । आइतवार प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि विवाद थप चुलिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच थप दुरी बढेको छ ।

एमालेले देउवालाई विश्वासको मत दिने नेताहरु एमाले नेताहरु पार्टी भित्र नरहने घोषणा गरेको थियो ।

पार्टीको त्यस्तो निर्देशनको वेवास्ता गर्दै केही नेताहरुले देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई विश्वासको मत दिनेमा ओली पक्षका सांसद पनि छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

आजको बैठकले के निर्णय गर्छ सबैको चासो छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कमिटी बैठक बस्नेछ।

एमालेका २२ जना सांसदले देउवाको विश्वासको मतको पक्षमा मतदान गरेका छन्। भने १० जना सांसदले मतदानमा भाग लिएनन्। वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले देउवालाई मत दिए। जसमा अध्यक्ष ओली पक्षका पनि आठ सांसद रहेका छन्।

नेपाल पक्षका १० जना सांसदले मतदानमा भाग लिएनन्। यस विषयमा पनि आजको केन्द्रीय कमिटी बैठकमा समीक्षा हुने कार्यालय सचिव तामाङले जानकारी दिए।

बैठकमा नेपाल समुहलाई निम्ता दिइएको छ तर नेपाल पक्षको कुनै प्रतिकृया भने आएको छैन । नेपालसंग थप रिसाएका ओलीले देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारवाही गर्न सक्ने सम्भावना छ ।

इतिहाँस मै पहिलोपटक हिज सांसद भवनमा घटेको यो अनौठो घटना

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् । विघठित प्रतनिधिसभा पुनस्र्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक-एक सांसदले मतदान गरेनन् ।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो ।

पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।

त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।

फ्लोर क्रस गर्नेहरु माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो ।

यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्ीअ महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button