ब्रेन स्ट्रोक : कसलाई, किन र कसरी हुन्छ ?

पक्षघात अर्थात ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्त सञ्चार बन्द हुनु अथवा कम हुनाको कारण हुन्छ । दिमागमा अक्सिजन तथा पोषक तत्वहरुको कमी हुनाले ब्लड भेसल्स अर्थात रक्त बाहिकाहरुका बीचमा रगत जम्नाले यसको क्रियाहरुमा बाधा पुग्छ ।

जसका कारण दिमागका मांशंपेशीहरु नष्ट हुन थाल्छन्, जसका कारण दिमागले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने दिमाग सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ ।

आज विश्वमा करीव ८० मिलियन मानिसहरु ब्रेन स्ट्रोकको समस्याले ग्रसीत छन् । ५० मिलियन भन्दा बढि मानिसहरु स्थाई रुपमा विकलाङ्ग भैसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत ब्रेन स्ट्रोकका विरामीहरुको औषत उमेर ४० वर्षको रहेको छ ।

यो कुरालाई ध्यान दिँदै हरेक वर्ष अक्टोबर २९ का दिन वल्र्ड स्ट्रोक  पनि मनाइन्छ । जसको उद्देश्य स्ट्रोकको रोकथाम, उपचार र सहयोगप्रति मानिसहरुको जागरुकता बढाउनु हो ।

संसारभरीमा ब्रेन स्ट्रोकलाई मृत्युको तेस्रो कारण मानिन्छ । नेपालमा पनि ब्रेन स्ट्रोकका कारण धेरै मानिसहरुले आफ्नो ज्यान गुमाएका छन् । यसो हुनुको कारण यहाँ ब्रेन स्ट्रोक जस्तो मेडिकल इमर्जेन्सीको स्थितिमा यसको लक्षण, कारण, रोकथाम र तत्काल उपायप्रति जनजागरुकताको धेरै अभाव रहेको छ ।

ब्रेन स्ट्रोकका बिरामीहरुलाई तत्काल उपचार गराउनाले उनीहरु ठिक हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म हुन्छ ।

प्रमुख कारण

ब्रेन स्ट्रोक हुनुका कारणहरुमा आजको व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धुम्रपान, मदिरापान, हाई ब्लडप्रेशर, डाइबिटीज, मोटोपन आदिलाई प्रमुख मानिन्छ ।

यी बाहेक आरामदायक अथवा निरन्तर बसेर काम गर्ने शैलीले पनि दिमाग र मुटु सम्बन्धि रोगहरु निम्त्याउने गर्छ । यहि कारणहरुले गर्दा हिजोआज बे्रन स्ट्रोक जस्ता समस्या दिन-दिनै बढ्न थालेका छन् ।

यी सबै कारणहरु बाहेक वातावरण र मौसममा असामान्य परिवर्तन, जुन हाम्रो छाला र दिमागलाई विपरीत ढंगबाट प्रभावित गरिरहेको हुन्छ, भन्ने कुरा धेरैलाई थाहा हुँदैन । यसको परिणाम भविष्यमा झन् घातक प्रमाणित हुन सक्छ । यसका लागि रुखहरु काट्नेहरु मुख्यरुपले जिम्मेवार छन् ।

ब्रेन स्ट्रोकलाई सामान्य रुपमा वेवास्ता गरिन्छ । जबकि हरेक ६ जना व्यक्तिहरु मध्ये १ जना व्यक्ति जिन्दगीमा कुनै न कुनै दिन यसको चपेटामा आउँछ । जाडो मौसममा यसको आशंका अझ धेरै बढ्छ ।

हृदयघात, क्यान्सर र डाइबिटीज जस्तो रोगहरुलाई जति गम्भिर रुपमा लिइन्छ, त्यति गम्भिरतापूर्वक ब्रेन स्ट्रोकलाई लिइँदैन ।

टाइप-२ डाइबिटीजका बिरामीहरुलाइ ब्रेन स्ट्रोकको खतरा धेरै हुन्छ । हाई ब्लड प्रेशर र हाईपर टेन्शनका विरामीहरु यसको चपेटामा छिट्टै आउँछन् । गर्भ निरोधक चक्किको सेवन र कोलेस्ट्रोलको बढ्दो स्तरले पनि ब्रेन स्ट्रोकलाई निम्त्याउने गर्छ ।

ब्रेन स्ट्रोकको लक्षण

हाम्रो सम्पूर्ण शरीरमा दिमागको काम धेरै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा शरीरका अन्य रोगहरुलाई वेवास्ता गरियो भने यसले हाम्र्रो दिमागलाई विपरीत ढंगले प्रभावित गर्छ ।

ब्रेन स्ट्रोकको संकेतको रुपमा मुख, हात र खुट्टा बाङ्गो  हुनु, रिँगटा लाग्नु, टाउकोे दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु, ढाड दुख्नु आदि प्रमुख लक्षणहरु हुन् । स्ट्रोक नन-ब्लिडिङ र ब्लिडिङ दुई किसिमका हुन्छ । जसमा दिमागको नसा सुन्निने र पछि नसा फुट्छ ।

स्ट्रोकको प्रकार अनुसारको उपचार

ब्रेन स्ट्रोक हुँदा तत्काल चिकित्सा अति नै आवश्यक हुन्छ । यस्तो उपचार स्ट्रोक शुरु भएको ३ देखि ४ घण्टाभित्र गरियो भने दिमागलाई क्षति र सम्भावित समस्याहरु कम गर्न सकिन्छ ।

उदाहरणका रुपमा ३ घण्टा भित्र क्लोट बस्टिङको औषधी दिनु आवश्यक छ । त्यसपछि डाक्टरद्वारा सम्पूर्ण जाँच अर्थात सिटीस्क्यान, एमआरआई आदि गरि सकेपछि स्ट्रोकको उपचार शुरु गरिन्छ, जसको उद्देश्य दिमागलाई क्षति हुनुबाट रोक्नु हो ।

यदि स्ट्रोक दिमागमा रक्त सञ्चार रोकिएको कारणले भएको हो भने त्यसका लागि निम्नलिखित उपचारहरु गर्नु पर्छ ।

नन-ब्लिडिङ ब्रेन स्ट्रोक भएको तीन घण्टाभित्र क्लोट बस्टिङ ड्रगको इन्जेक्सन दिनु अति नै आवश्यक हुन्छ । यसको साथै रगत पातलो गर्ने औषधि पनि दिनु पर्छ, जसका कारण रगत जम्न पाउँदैन ।

यस बाहेक सर्जरी पनि गरिन्छ, जसमा गर्दनको संकुचित रगत भेसेल्स (रक्त कोशिका) लाई खोलिन्छ । यदि ब्लिडिङका कारण ब्रेन स्ट्रोक भएको हो भने त्यस्तो औषधि दिइन्छ, जसले रगतलाई जम्न दिँदैन र रगतलाई सामान्य बनाउन सहयोग पुर्‍याउँछ ।

दिमागबाट रगतलाई हटाउन अथवा दबाव कम गर्नका लागि सर्जरी गरिन्छ ।

चुँडिएको रक्त बाहिकालाई जोड्नका लागि सर्जरी गरिन्छ । ब्लिडिङलाई रोक्नका लागि क्वाइल अर्थात तारको प्रयोग गरिन्छ । दिमाग सुन्निनबाट बच्न अथवा रोक्नका लागि औषधि प्रदान गरिन्छ । यस बाहेक दिमागको खाली भागमा ट्यूब हालेर दबाव कम गर्ने प्रयास गरिन्छ ।

अफेसिया हुने खतरा

स्ट्रोकपछि विरामीहरुमा शारीरिक र मानसिक अक्षमता हुने शंका धेरै हुन्छ । जुन स्ट्रोकबाट प्रभावित भाग र आकारमा निर्भर हुन्छ । नेशनल अफेसिया एसोसिएशनको रिपोर्ट अनुसार २५ देखि ३० प्रतिशत ब्रेन स्ट्रोकका विरामीहरु अफेसियाको चपेटामा आउँछन् ।

यो एउटा त्यस्तो स्थिति हो, जसले विरामीको बोल्ने, लेख्ने र व्यक्त गर्ने क्षमतालाई प्रभावित गर्छ, जसलाई ल्याङ्वेज डिसअर्डर भनिन्छ । यस्तो रोग ब्रेन ट्यूमर, बे्रन इन्फेक्सन, अल्जाइमर आदि कारणले हुन्छ । कहिलेकाहिं अफेसिया एपिलेप्सी अथवा अन्य न्यूरोलोजिकल डिसअर्डरको संकेतको रुपमा पनि देखिन्छ ।

सहायक हुन्छ रिह्याबिलिटेशन (पुनर्वास)

ब्रेन स्ट्रोकको कारण भएको क्षतिलाई कम गर्नका लागि रिह्याबिलिटेशन अर्थात पुनर्वास धेरै हदसम्म सहयोगी हुन्छ । रिह्याबिलिटेशनबाट धेरै विरामीहरुको स्वास्थ्य राम्रो हुन्छ ।

कोहि-कोहि विरामी पूर्ण रुपमा ठीक हुन सक्दैनन् । मृत्त छालाका कोशिकाहरु, नर्व सेल्सलाई ठीक अथवा प्रतिस्थापित गर्न सकिंदैन तर मानिसको दिमाग लचकदार हुन्छ । यसमा विरामीले हानिरहित सेल्सको प्रयोग गरेर काम गर्ने नयाँ तरिकालाई सिक्न सक्छ ।

त्यस्तो स्थितिमा विरामीको जीवनलाई सही हेरचाहका साथ प्रोत्साहनको माध्यमबाट सार्थक बनाउन सकिन्छ ।

यो पनि,,,यसरी कमजोर हुँदैछ आँखाको दृष्टि

अति संवेदनसिल अंग हो, आँखा । यसको दृष्टि कुनैपनि बेला गुमाउन सकिन्छ । आँखामा लाग्ने चोट वा जन्मजात समस्याले मात्र होइन, हाम्रो खराब जीवनशैलीले पनि आँखालाई कमजोर तुल्याइदिन्छ ।

वर्तमान युग आँखाको लागि अनुकुल छैन । यसमा अनेकन कारण छन् ।

१. टेलिभिजन, कम्प्युटर, मोवाइल, ट्याब हाम्रो जीवनकै हिस्सा बनेको छ । हामी बाह्रै घण्टा टिभी हेर्छौ, कम्प्युटर चलाउँछौ, मोवाइल प्रयोग गर्छौ । यो आँखाको लागि प्रतिकुल हुन्छ ।

२. प्रदूषणको कारण पनि आँखामा असर गर्न सक्छ ।  अहिले हामी जहाँ उभिएका छौ, त्यहाँ धूलो, धुँवा फैलिएको छ । यसको सोझो असर आँखामा पर्छ ।

३. खानपानको कारण पनि आँखामा समस्या आउन सक्छ ।

के छ त उपचार ?

आँखामा समस्या आइसकेपछि त्यसको उपचार खोज्नुपर्छ । चस्मा लगाउने हो वा शल्यक्रिया गर्ने ? त्यो आँखाको समस्या अनुसार रोज्न सकिन्छ । यद्यपी आँखामा समस्या आएर उपचार गर्नुभन्दा समस्या आउन नदिनु उत्तम हो । यसका लागि हाम्रो जीवनशैली बदल्नुपर्छ ।

१. राम्रो खानपान

खानपान पेट भर्नका लागि मात्र होइन, शरीर स्वस्थ राख्न पनि हो । आँखाको स्वास्थ्यमा पनि खानपानले ठूलो प्रभाव पारेको हुन्छ ।  हामीले आफ्नो खानामा माछा, पालुंगो, फल तथा हरियो सागलाई समावेश गर्‍यौं भने आँखा सुख्खा रहने समस्या समाधान हुन्छ ।

२. आँखा झिम्क्याइरहने

परेला झिम्क्याइरहनुले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।

३. आँखाको व्यायाम

आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुस र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुस । यसो गर्दा आँखाको तनाव कम हुन्छ ।

४. पानी छर्कने

समय-समयमा सफा पानीले आँखा धोइरहनुस । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने बानी गरौं ।

५.  नियमित जाँच

आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । आँखाको प्रकाश  ठिक छ र पढ्न-लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच अवश्य गराउनुपर्छ ।

यो पनि,,दमको समस्या : के छ घरेलु उपचार ?

सामान्यत चिसो, फ्लु, ब्रोन्काइटिस, साइनसको संक्रमण जस्ता ब्याक्टेरियल आक्रमणले दम हुनसक्छ । खासगरी बच्चालाई यसले दुख दिन्छ । चुरोटको धुँवामा विभिन्न रसायन ग्यास हुन्छ, जसले फोक्सोमा समस्या पैदा गर्छ ।

धुमपान अस्थमाको एक मूख्य कारण हो । अण्डा, गाईको दूध, बदाम, गहुँ, माछा लगायतका एलर्जी गराउने तत्वको सेवनका कारण पनि दमको समस्या निम्तने गर्छ । स्पिरिन, सुन्निएको कम गर्ने औषधी, विना चिकित्सकको प्रेस्किप्सन किनेको औषधीले पनि मानिसमा दमको समस्या उत्पन्न हुने गर्छ ।

बुढाबुढीलाई दमले बढी सताउँछ । त्यसो त यसले युवा, वयस्कदेखि बच्चासम्मलाई दुख दिन्छ । । कतिलाई बंशानुगत रुपमा पनि यो रोग सर्छ ।

कसरी थाहा पाउने ?

–     दमका रोगीलाई कफ आउने ।

–     सास लिनमा समस्या, छाती जकडेको महसुस हुने ।

–     खोकी लाग्ने लगायतका विभिन्न समस्या उत्पन्न हुने ।

–     दमका रोगीको स्वास प्रस्वास नली साँघुरीने तथा फोक्सो सुनिने ।

अब के गर्ने त ?

दमको समस्याबाट बच्न योग एवं प्राणायाम गर्न सकिन्छ । यसलाई नियमित गर्नाले दमअट्याकबाट बच्न सकिन्छ । सरस्र्युको तेलले छातीमा मालिस गर्दा पनि आरम मिल्छ । धुलो, माटो र एलर्जी पैदान गर्ने  कुराबाट बच्नुपर्छ । रोगीले चिसोबाट पनि बच्नुपर्छ । चिसोबाट बच्ने । खुला वा ताजा हावामा बस्ने । ताजा पानी पर्याप्त पिउने ।

प्राकृतिक उपचार

–     दमको रोगमा मह एकदमै फाइदाजनक मानिन्छ । एउटा जगमा मह हाल्ने र त्यसको नजिक बसेर गहिरो सास लिने गर्नुपर्छ । यसले श्वासप्रश्वासमा सहज हुन्छ ।

–     दम रोगीका लागि बेसार पनि राम्रो औषधी मानिन्छ । दम रोगीले दिनमा दुई देखि तीन पटकसम्म एक गिलास दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ । यसको प्रयोग खाली पेटमा गर्नुपर्छ ।

–     दमको रोगीले हल्का भोजन गर्नुपर्छ । किनभने भारी भोजन सेवनले श्वासमा कमी वा श्वास लिनमा गाह्रो हुन्छ । साथै हप्तामा एक पटक उपवास बस्नु लाभदायक हुन्छ ।

–     दमको रोगीले एकै पटकमा धेरै खानेकुरा सेवन गर्नु हुँदैन । थोरै खानेकुरा बिस्तारै, बिस्तारै चपाएर खानुपर्छ । दिनमा ८ देखि १० गिलास पानी जरुर पिउनुपर्छ ।

–     सुतेको समय एक भन्दा कम सिरानी राखेर सुत्ने बानी गर्नुपर्छ । यसले दमको असर क्रमस कम भएर जान्छ ।

यो पनि,,कोरोना भाइरस : लक्षण के हो ? कसरी बच्ने ?

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button