बैठकमा पुगेका नेता बामदेव गौतमलाई ओलीको यस्तो ब्यङ्ग्य, माधव पक्षलाई दुई दिनको अल्टिमेटम

काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पुगेका उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओलीले ब्यग्य गरेका छन् ।

सम्बोधनका क्रममा गौतमलाई ओलीले एमाले उपाध्यक्ष गौतममाथि व्यंग्य गरे भने माधव नेपाल समुहका नेताहरुलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिए ।

‘कमरेड वामदेव गौतम पार्टी एकता जगाउन यो बैठकमा आउनुभएको छ। उहाँलाई स्वागत गर्दै अन्य कमरेडलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु,ुओलीको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भने, ‘गौतम जी पनि आउने जाने नगर्नु होला बैठकमा आइरहनुहोला । ओलीले गौतमलाई आउने(जाने क्रम जारी नगरी आइरहन अनुरोध गरेको एक नेताले बताए ।

ओलीले त्यसो भनिरहँदा नजिकै बसेका गौतम मुसुमुसु गरीरहेका थिए । अओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन दिएका हुन्।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। राष्ट्रपति कार्यालयमा २६ जनाको हस्ताक्षर लगिएको भए पनि सर्वोच्च अदालतमा भने २३ जनाले हस्ताक्षर गरेका छन्।

आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन।

क्यानडा अध्ययन गर्न जाने बिद्यार्थीहरुका लागि यस्तो छ पछिल्लो अपडेट

बिश्वब्वापी रुपमा फैलिएको माहामारी कोभिड १९ को पहिलो लहर सँगै अष्ट्रेलिया लगायत अन्य मुलुकहरुमा नेपालबाट उच्च शिक्षाको लागि जाने बिद्यार्थीहरुलाई असहज भएपछी धेरै नेपाली बिद्यार्थीहरुले क्यानाडका विश्वबिद्यालय र कलेजहरुमा उच्च शिक्षाको लागि क्यानडियन अध्यागमनमा आवेदन दिइ भिसा नतिजाको प्रतिक्षामा छन् ।

पछिल्लो समय क्यानडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको भिसा दर विगतका दिनहरु भन्दा केही बृदि गरेपनी कोभिड १९ को दोस्रो लहर शुरु पछी भिसा सम्वन्धी सबै कामकाजहरु रोकिएको अवस्थामा देखिएको छ ।

केही दिन अगाडि क्यानडियन अध्यागमनले आफ्नो वेबसाईटमा 2021 मे 15 भन्दा अगाडि बुझाईसकेका पुरा अध्ययन भिसा आवेदनहरुको भिसा नतिजा अगस्ट 6 तारिक अगाडि दिने भनी सुचना निकालेको छ ।

भिसा आवेदन पुरा नभएकाहरुको हकमा गोरेटो कन्सल्टेन्सी बानेश्वरका लोकप्रिय काउन्सेलर धीरज कंडेल भन्छन, ” बायोमेट्रिक र मेडिकल रिर्पोट आवेदनमा समाबेश नगरेका आवेदकहरुले VFS खुलेको समयमा जतीसक्दो चाडो बुजाउदा राम्रो हुन्छ। अध्यागमन ले दिएको अन्तिम मिती आउन एक महिना बाँकी भएकाले उक्त समय अगाडि आवेदन पुरा भएको खन्डमा भिसा नतिजा आउन सक्ने क्यानाडा करियर परामर्शदाता कंडेलले बताएका छन् । ”

यसैगरी क्यानडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका बिद्यार्थीहरुले कागजपत्रहरु तयार गरी भिसा आवेदन ( Visa Application) दिएमा माहामारीको समयमा बिस्तारै काम हुने र शैक्षिक बर्ष खेर नजाने गोरेटो कन्सल्टेन्शीका अर्का लोकप्रिय काउन्सलर सतिश भट्टले जानकारी दिए।

सेप्टेम्बर सेसनको लागि भर्ना लिइ विभिन्न कारणले भिसा आवेदन दिन नसक्दा फलस्वरुप अर्को सेसनमा भर्ना सिट सार्ने धेरै बिद्यार्थीहरु भएकाले सेसन संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँ बिद्यार्थीहरुले जनवरी मे २०२२ इनटेकमा भर्ना हुन आजै देखी लाग्नु पर्ने काउनसलर भट्टले सुझाब दिएका छन।

कोभिड१९ को कारणले हवाइ सिमानामा कडाइ भएपनी भिसा प्राप्त गरेका गत सेसनका बिद्यार्थीहरुलाई अनिवार्य १४  दिन क्वारेन्टाइनमा राखी क्यानाडा प्रवेश गराएको छ भने नयाँ अपडेट अनुसार क्यानाडाले स्विक्रीत गरेका Pfizer, Moderna, AstraZeneca/Covishield or Johnson & Johnson खोपमध्य कुनै एकको पुरा मात्रा लिएका बिद्यार्थीहरु सिधै क्यानाडा प्रवेश गर्न पाउने मिल्टन टोरोन्टो क्यानाडा बस्ने गोरेटो कन्सल्टेन्सीका प्रमुख परामर्शदाता राम खड्काले जानकारी दिएका छन ।

गोरेटो कन्सल्टेन्शी वानेश्वरले नेपालबाट क्यानडा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विधार्थीहरु र उनीहरुका इच्छुक अभिवावकहरुलाई विभिन्न माध्यमद्वारा सुचना प्रवाह गर्दै आएको छ र क्यानडा उच्च शिक्षा सम्वन्धी सम्पूर्ण जानकारी र बिद्यार्थीहरुको आफ्नै अनुभव सुन्न र सुनाउनको लागि गोरेटो कनसल्टेन्शीद्वारा संयोजन गरिएको CSSN फेसबूक ग्रुपमा जोडीन सक्ने (link ), गोरेटो कनसल्टेन्सीका संयोजक प्रकाश रेग्मीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button