बैठकबाटै ओलीले दिए माधव नेपाललाई यस्तो सन्देश, के खेल हुँदैछ ? म बुझ्रदै छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने , ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

ओलीले सर्वोच्च अदालतका पछिल्ला अदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको समेत ओलीको भनाई थियो । ओलीले भने ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ ।

तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’

बालुवाटारमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक, माधव पक्षका को को सहभागी भए ?

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा यस अघि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएका एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।

बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन। उनीहरुले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका कारण आफुहरु सहभागी नहुने बताएका थिए ।

माधव नेपाल पक्षले वैठकको मिती सार्न र माओवादी छोडेर आएका रामबहादुर थापा बादल लगायतलाई पार्टीको केन्द्रीय सदस्यमा ल्याउने निर्णय आफुहरु सहभागी बैठकले गर्नुपर्ने माग राखेका थिए ।

ति दुवै माग पुरा नभएपछि माधव पक्षको सहभागीता विनानै स्थायी कमिटी बैठक सुरु भएको हो । नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।

बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button