बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै  छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।

गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार ‍कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।

घरायसी विवाद हुँदा बुवामाथि गिर्जमानले कुटपिट गरेका थिए।

घाइते भएका टेकबहादुरलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि घर फर्काउने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको हो।

मृत्यु भएपछि प्रहरीले कुटपिट गरेको आरोपमा गिर्जमानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ।

उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ।

जसपाको यादव पक्षमा ३५ कार्यकारिणी सदस्यले हस्ताक्षर गर्ने दाबी, रेशम चौधरी पनि यादव पक्षमै हस्ताक्षर गर्न आउँदै

जनता समाजवादी पार्टी (जसपा) का ५१ जना कार्यकारिणी सदस्यमध्ये ३५ जनाले निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने भएका छन्।

आयोगमा आज ५१ मध्ये ३५ जना कार्यकारिणी सदस्यले हाम्रो पक्षमा हस्ताक्षर गर्नेछन्। रेशम चौधरी पनि हाम्रो पक्षमा हस्ताक्षर गर्न आउँदै हुनुहुन्छ’, यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले सेतोपाटीलाई जानकारी दिए।

५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा जसपा यादवको भएको छ। यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादव पक्षमा आएका छन् । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन्।

जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको थियो। पार्टी आधिकारिकतालाई लिएर उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ।

आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।

आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्न लागेको हो।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button