बारामा शंकास्पद अवस्थामा महिलाको शव फेला

बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ ।

पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘शरीरमा चोटपटक देखिएको छैन, घाँटीमा सल त बेरिएको छ ।’ उनले भने ‘ घटना शंकास्पद छ, अनुसन्धान गरिरहेका छौं ।’

प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उनले बताए । स्थानीयले बुधबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

करदाताको घर र कार्यालयमा काठमाडौं महानगरको माइकिङ

महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले  माइकिङ सुरु गरेको छ । माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।


‘यसअघि हामीले उहाँहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्‍यौँ । अनुरोध गर्‍यौँ । तर, उहाँहरुले विवरणसम्म पनि बुझाउनु भएन,’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भने।

उनका अनुसार पहिलो चरणमा नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लव, वडा १३ को काठमाडौं इञ्जिनियरिङ कलेज, वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन् । बाँकीले सम्पर्क पनि गरेका छैनन् ।

यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठीन रहेको उनले बताए ।

‘तर, हामीले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौं,’ उनले भने ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एनआरटी क्लब र युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।

महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एलआरआई स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८का काठमाडौं प्लाजा र नेपाल सेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि. र स्टार मल छन् ।

यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिँदैछ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button