बाबुराम र प्रचण्ड एकजुट हुँदै,

१० माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् ।

शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।

‘उपराष्ट्रपतिज्यू धेरै बोल्नुहुन्न। उहाँले सक्रिय राजनीति गर्ने पनि होइन। तर तीन जना बिचको भावनात्मक सम्बन्ध विशिष्ठ खालको छ। प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गर्नुभयो। बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्नुभयो र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हाल्नुभयो,’

स्रोतले भन्यो, ‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button