बाबुराम भट्टराई प्रधानमन्त्री ओलीको शरणमा पर्दै

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ ।

उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन् ।

डा. भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको ?’

डा. भट्टराईले उक्त ट्वीटमा ‘ओली हटाऊ देश बचाऊ’ नारालाई ‘ह्यासट्याग’मा राखेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button