बाबुरामको रोग ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने : महेश बस्नेत
काठमाडौं – नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनीधि सभाका सांसद महेश बस्नेतले बाबुराम भट्टराई र झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित युवा संघ नेपाल केन्द्रीय कमिटिको पुर्ण बैठकलाई संवोधन गर्नुहुँदै नेता बस्नेतले भन्नुभयो, ‘बाबुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके, उहाँले भन्नुभयो – अदालतको फैसला आएसँगै उनको रोग निको हुनु भनेको देश बर्बाद गर्ने रोग नै बाबुरामको भएको बताउनुभयो । ‘बाबुरामको रोग केपी ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने सपना पुरा नहुँदा उब्जिएको मानसिक रोग थियो,सर्वोच्चको फैसलासँगै उहाँको रोक निको भयो’ बस्नेतको आरोप थियो ।
संसद पुर्नस्थापना भएकोमा कोही खुसी हुनु पर्ने कारण नभएको भन्दै नेता बस्नेतले कम्युनिष्ट सत्ता च्युत गरेर प्रचण्ड र माधवले काँग्रेसको पाउँमा सत्ता बुझाउन लागेको बताउनुभयो ।
‘माधव र प्रचण्ड यत्तिखेर प्रधानमन्त्री तपाइ भन्दै सेर बहादुर देउवा ,बाबुराम भट्टराइ, महन्त ठाकुरका बिन्ती विसाइरहेका छन्, ६५ सिटमा खुम्चेको काग्रेंसलाई किस्तीमा हालेर प्रधानमन्त्री बुझाउदैछन् ’ नेता बस्नेतले भन्नुभयो ।
बैठकमा उहाँले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य बस्नेतले भन्नुभयो, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आ त्मघ ती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन् ।”
पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको उहाँको भनाइ थियो ।
युवा सङ्घका इञ्चार्ज बस्नेतले प्रधानमन्त्री ओलीकै वरिपरि अबको दशौँ वर्ष नेपालको राजनीति घुम्ने दाबी गर्दै नेपालको राजनीतिको मिसन र भिजन ओलीको वरिपरि घुमिरहेको जिकिर गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद्मा करीब ६४ प्रतिशतभन्दा बढी मतसहित झण्डै दुई तिहाइको नेतृत्व नेकपाका अध्यक्ष ओलीसँगै रहेको चर्चा गर्दैै उहाँले संसद्बाट अर्को सरकार बन्न कठिन रहेको दाबी गर्नुभयो ।
संसदीय दलको निर्विरोध नेताका रुपमा समेत प्रधानमन्त्री ओली नै रहेको स्पष्ट पार्दै उहाँले पार्टी औपचारिक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको भनाइ राख्नुभयो ।
संसद पुर्नस्थापना भएपछि बाटोमा आउँदै गर्दा केही युवाहरु विजय जुलमा हिडेको भेटेको भन्दै नेता बस्नेतले संसद पुर्नस्थापनाले खुसी हुनु नपर्ने बताउनुभयो ।
‘हे भाई हो, संसद पुर्नस्थापना भएर सांसद म भए, विजय जुलुस तिमीहरु मनाइरहेका छौ, संसद पुर्नस्थापना भएर नेपालको राजनीति काग्रेंसको पाउँमा प्रचण्ड र माधवले बुझाउदै गर्दा के को विजय उत्सव’ नेता बस्नेतले प्रश्न गर्नुभयो ।
अदालतको फैसला प्रधानमन्त्रीको पक्षमा आएको भए प्रचण्ड, माधवहरुले सेटिङ भन्ने भन्दै अहिले फैसला अर्कै आएपछि उहाँहरुको परिभाषा फेरिएको बताउँनु भयो ।
‘राजनीतिमा उहाँहरु निक्कै बिचलित हुनुहुन्छ भन्ने उदाहारण’ यही काफी भएको नेता बस्नेतको तर्क थियो । नेपालको राजनीतिलाई अस्थिरतातर्फ लान खोजिएको भन्दै नेता बस्नेतले त्यो हुन नदिने बताउनुभयो ।
कानुनीरुपमा नेकपा विभाजित भइनसकेको अवस्थामा प्रचण्ड-माधवले नेकपाको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नै नसक्ने बस्नेतको दावी थियो ।
संसदिय दलको नेता पनि ओली नै भएकाले प्रचण्ड-माधवले संसदिय दलकै बैठक गर्न नसक्ने उहाँले बताउनुभयो ।