बाबुरामको टिप्पणी : हामी अभागीलाई खाने बेलामा रिस उठ्यो
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् ।
वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको भन्दै उनले बताए ।
‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’
पूर्वप्रधानमन्त्री भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको बताए ।
उनले त्यसका लागि सर्वोच्च अदालत, नागरिक समाज र मिडियालाई धन्यवाद दिए । अहिलेको संविधान आधा भरिएको र आधा खाली अवस्थामा रहेको भन्दै नेता भट्टराईले खाली गिलास भर्नुपर्नेमा झन् निवर्तमान प्रधानमन्त्री ओलीले आधा भरिएको गिलास पनि रित्याउन खोजेको आरोप लगाए ।
प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।
प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार खोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् ।
आजदेखि जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।b
यसअघि आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिएका थिए ।
नवनियुक्त प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने भन्दै आफ्नो प्राथमिकता खोप नै भएको बताउँदै आएका छन् । b
उनले आइतबार साँझ विश्वासको मत माग्दासमेत आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ नै भएको बताएका थिए ।b