बाघजस्तै कुुकुर, जसलाई देख्दा मानिस र जनावर दुबै झस्कन्छन्

केही कुराहरु देख्दा यर्थाथ हो वा भ्रम भने खुुट्टयाउन गाह्रो पर्छ । भारतको तेलंगानामा आजकल एउटा कुकुर निकै चर्चामा छ ।

खासमा यो कुकुर बाघजस्तै देखिन्छ । त्यसैले यसलाई देख्नेहरु छक्क पर्ने गरेका छन् । केसलापुर गाउँको यो कुकुरको शरीरमा बाघका जस्तै धर्साहरु छन्,  गाउँलेहरुका अनुसार सानैदेखि यस कुकुरको शरीरमा यी धर्साहरु छन् ।

त्यसैले यो कुकुरलाई बाघ संझिएर धेरैपटक मानिसहरु डराउने गरेका छन् । नजिकका मानिसहरु यस कुकुरलाई टाइगर डग भनेर बोलाउँछन् । 
खेतमा काम गर्दै गर्दाको अवस्थामा एक गाउँलेले यो कुकुर भेटेका थिए । त्यसपछि उनले घरमै ल्याएर यसको हेरचाह गर्न थाले । 

मानिसहरुमात्रै नभएर अन्य जनावरहरु पनि यस कुकुरलाई देखेपछि डराएर भाग्ने गरेका छन् । पशुपालन विभागका अनुसार ब्रिडिङ गरेर यस्तो प्रजातीको कुकुरको संख्या बढाउन सकिन्छ ।

मानिसहरुले पनि बाघजस्तै धर्साहरु भएका यस्ता कुकुरलाई पाल्नमा रुची देखाइरहेका छन् । त्यसैले यो कुकुर पुरै इलाकामा आर्कषणको केन्द्र बनेको छ । टाइगर डगलाई हेर्न अन्य गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन् । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button