बबरमहलबाट अफिस जान्छु भनेर निस्किएका पाटनका डा. सुदिप बुढानिलकण्ठको यसरी होटलमा मृ त फेला

काठमाडौं। मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृ त अवस्थामा फेला पर्नुभएको छ ।

आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृ त फेला परेका हुन् ।

बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको उहाँ बुढानिलकण्ठस्थित होटलमा मृ त अवस्थामा फेला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले बताउनुभयो ।

डा. कार्कीका अनुसार त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल मानिसक अस्पतालमा कन्सल्टेन्ट थिय ।

यो पनि, विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प
विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ ।

आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।

बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ ।

असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो ।

तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताउनुभयो ।

“महत्वपूर्ण सूचना आदानप्रदानदेखि लेखाको सबै काम गर्न इन्टरनेट र विद्युत् आवश्यक पर्छ । तीन दिनसम्म कुरेर बस्यौँ”, उहाँले भन्नुभयो “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौँ ।”

प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राविधिक शाखाका कर्मचारी शुक्रबार ताकम आउनुभएको थियो । दुई जना काम सकेर मुना फर्कनुभएको छ । छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहनुभएको छ ।

आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ । अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पु¥याउन र नमिलेको बनाउन समस्या भएको हो ।

ताकममा विद्युत्को वैकल्पिक व्यवस्था भए पनि आइतबारसम्म नियमित इन्टरनेट थिएन । टेकमाइन्ट कम्पनीको नेट र मोबाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भए पनि काम गर्न साह्रै समस्या भएको कर्मचारीले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले चट्याङले क्षति पु¥याएको टावर मर्मतका लागि बेनीमा सामान नपाइएपछि पोखराबाट मगाइएको बताउनुभयो ।

प्रहरी हिरासतमा रहेकी ज्वाला संग्रौलाको फेसबुक एकाउन्ट नै २० वोटा, बिहे पनि नक्कली गरेको खुलासा

केही समयदेखि सामाजिक सञ्जालमा उ’ग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी कथित “सामाजिक सुधारक” ज्वाला संग्रौलाद्वारा सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय छन् ।

आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कु’टाई र अ’भद्र व्य’वहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हिरासतमा रहेकी उनीमाथि तीन वटा मुद्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय,काठमाण्डौबाट अनुमति लिएको छ ।

प्रहरीका अनुसार संग्रौला हिरासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रं’गभे’दी र जातीय विभेदरुपी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो ।

त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अ’भद्र व्य’वहा’रको मुद्दासहित जातीय विभेद र लिखित र्कितेसम्बन्धी तीन वटा मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

२० दिनदेखि हिरासतमा रहेकी उनको मुद्दाको फाइल सम्भवतः अदालतमा पठाईंदै छ । अदालतबाट हिजो पठाइएको पत्रमा संग्रौलाविरुद्ध मुद्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ । अपराधको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरीले २५ दिनसम्म जोसुकैलाई हिरासतमा राख्न पाउँछ ।

प्रहरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि पक्रेर अनुसन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।

पहिला निकै उग्र देखिएकी संग्रौला अहिले शान्त देखिएको पनि प्रहरीको अनुभव छ । अनुसन्धानमा संलग्न एक जना अधिकारीका अनुसार ज्वालाले मुद्दाको छिनोफानो भएपछि लफडा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएकी छन् ।

हालसम्म प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ । आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रंगाउने गरेको प्रमाणसमेत प्रहरीले बटुलेको हो ।

अदालतले सरकारी कागजात एक हैन अनेक ठाउँबाट नक्कली र किर्ते गरेको आरोपमा प्रहरी हिरासतमा रहेकालाई पुर्पक्षका लागि थप केही दिन थुनामा राख्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ ।

त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button