फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउने खबर बाहिरियो !
एजेन्सी । फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउन समाचार बाहिरिएको छ ।
कोरोना भाइरसको उद्गम स्थल चीनमा फेरी संक्रमितको संख्या थपिन थालेको छ । चीनवाट सुरु भएको महामारीले विश्वलाई आक्रान्त पारेको छ ।
अझै महामारीको समस्यामा जुधिरहेका विश्वले मुक्ति पाउने दिन कुरेर बसेका छन् ।
तर उद्गम स्थलमै फेरी संक्रमितको संख्या बढ्न थालेको घटनाले थप चिन्तित बनाएको छ ।
चीनमा आइतबार ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रै संक्रमित भएका हुन् ।
चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको अन्तराष्ट्रिय मिडियामा उल्लेख छ ।
ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ ।
चीनका अन्य मुख्य शहरहरुमा पनि नयाँ संक्रमित देखिन थालेको समाचार सार्वजनिक भएको छ ।
तेस्रो भेरियन्टको सङ्क्रमण रोकथाम गर्न सरकारको यस्तो तयारी
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ ।
अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताउनुभएको हो ।
“नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ”, मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौँ ।”
रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग समेत सहकार्य गरेको बताउँदै उहाँले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाउनुभयो ।
कर्णालीका हरेक नागरिकलाई खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएका मन्त्री बुढाक्षेत्रीले औषधि र जनशक्तिको अभावमा नागरिकले सेवाबाट वञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताउनुभयो ।