फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्यमा फेरि  बृद्धि भएको छ। गत चैत २२ गते मात्र निगमले मूल्य बढाएको थियो । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ तय गरिएको छ । त्यस्तै, आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि बृद्धि भएको छ ।

साबिकको मूल्यमा २ रुपैयाँ प्रति लिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने बढाइएको छैन ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७ ४७ पैसा घाटा रहेको छ ।

त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख घाटा हुनेछ । निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

यो पनि,,,काठमाडौंमा गलले हिर्काएर भाउजुको हत्या, ट्याक्सी चढेर देवर गए प्रहरी कार्यालय

काठमाडौं । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरेका छन् ।

बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको हत्या गरेका हुन् ।
फलामको गलले हिर्काएर ४८ वर्षीय मोहनराजले भाउजूको हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हिर्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजूको हत्या गरेर ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।  
देवरले हिर्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृत घोषणा गरेका छन् । हत्या आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको रड बरामद गरेको छ ।

भाउजूले एक्कासि गाली गरेपछि लात्ती, मुड्की र गलले हिर्काएर हत्या गरेको आरोपीले साविती बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button