फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउनू : निर्वाचन आयोग

सर्वोच्च अदालतले खारेज गरिदिएको एकीकरण फेरि गर्ने भए नेकपा (एमाले) र माओवादी केन्द्रले १५ दिनभित्र नयाँ पार्टीको नाम र चुनाव चिन्हसहित निर्वाचन आयोगमा जानु पर्ने भएको छ।

मंगलबार निर्वाचन आयोगले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको हो।

नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button