फर्पिङबाट जीवित कछुवासहित तीन जना पक्राउ

जीवित कछुवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले तीन जनालाई दक्षिणकाली नगरपालिका वडा नम्बर ६ फर्पिङबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

उनीहरूलाई प्रहरीले मंगलबार फर्पिङबाट पक्राउ गरेको हो।

मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले अवैधरूपमा संरक्षित वन्यजन्तु अवैध रूपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएको थियो।

सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूबाट सरिसृप पहेंलो रंगको जीवित कछुवा बरामद गरेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको छ।

सिरहाका ‘मस्ट वान्टेड’ व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका ‘मस्ट वान्टेड’ सर्वाधिक खोजीको सूचीमा रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिरहा प्रहरीले डाँका मुद्दामा खोजी गरिरहेका धनुषा विदेह नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय चन्दन पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले मंगलबार धनुषाको घर क्षेत्रबाट पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गर्न सिरहाको इलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ।

उनी डकैती गरेको मुद्दामा मस्ट वान्टेड सूचीमा थिए। हिजो हामीले उनलाई घर क्षेत्रबाट पक्राउ गरी बुझाएका छौं,’ मिश्रले भने।

उनी गत चैत ३० गते लहान नगरपालिका वडा नम्बर ७ का सुन-चाँदी व्यवसायी राजेश शारदाको घरमा डकैती गरेको घटनामा संलग्न रहेको सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

‘उनीहरूले त्यतिबेला सुनचाँदीको व्यापारी राजेशको घरमा डकैती गरेका थिए,’उनले भने,’त्यहाँ भएका गरगहनाहरू लुटपाट गरेर राजेशको गाडी थियो त्यसैमा उनीहरू भागेका थिए।’

सोही रात करिब १२ बजे प्रहरीले चेक गर्ने क्रममा गाडी फेला परेको थियो। त्यहाँबाट लुटपाट गरिएका गरगहना पनि प्रहरीले फेला पारेको थियो।

हामीले एक तोला सुनको ब्रासलेटसहित चाँदीका गरगहनाहरू त्यही रात फेला पार्‍यौं,’ बुढाथोकीले भने,’तर मान्छे फेला पर्न सकेका थिएनन्। त्यसैको अनुसन्धान गर्दै जाँदा हिजो पक्राउ गर्‍यौं।’

उनीहरूले एक तोलाको सुनको ब्रासलेट, ७७ थान हसुरी, कल्ली ६० थान, पाउजु ८२ थान, चुरी २६ थान, सिक्का २९ थान गरी जम्मा २७४ थान चाँदीका गरगहना लुटपाट गरेका थिए।

यसमा संलग्न अरूको पनि प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

उनको अरू घटनामा पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button