प्राथमिक उपचार : जब अचानक दुर्घटना हुन्छ

दुर्घटना वा अचानक शारीरिक समस्या जुनसुकै बेला सामना गर्नुपर्ने हुन्छ । त्यसैले यसबारे हामी पूर्व तयारी अवस्थामा रहनुपर्छ । खासगरी मानसिक रुपले । जस्तो कि, कुनै दुर्घटना भयो । गंभिर घाइते देखियो भने तत्काले के गर्ने ? कोहि हिँड्दा हिँड्दै अचानक लड्न पुग्यो भने के गर्ने ? कसलाई सर्पले टोक्यो भने तत्काल के गर्ने ?

यावत अवस्थामा हामीले धैर्यतापूर्वक काम लिनुपर्छ । यदि अचानक कुनै समस्या आयो भने त्यस अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने सम्बन्धमा थाहा हुनुपर्छ ।

अचानक मुटुको समस्या भए

-पीडितलाई यस्तो अवस्थामा राखौ, जहाँ उसले एकदमै आरम महसुष गर्न सकोस् ।

-जमिनमा सिधा पोजिसनमा सुताउनुपर्छ । घुँडा थोरै उठाइदिनुपर्छ ।

-पीडितको होस रहोस् । त्यसैले उसलाई खुला हावामा राख्नुपर्छ ।

-उसको धड्कन, रक्तचाप, कन्शियसनेस आदिको स्तर बेलाबेला चेक गर्नुपर्छ ।

-यदि व्यक्तिलाई सास लिन समस्या भइरहेको छ भने, पीठ्युमा सिरानी राखेर थोरै उठाइदिनुपर्छ ।

-तुरुन्तै चिकित्सकलाई सम्पर्क गरेर औषधी दिनुपर्छ ।

-इमर्जेन्सी महसुष हुनसाथ तुरुन्त एम्बुलेन्स बोलाउनुपर्छ ।

अस्थमा अट्याक

-व्यक्तिलाई आरमदायक स्थितीमा कुर्सीमा बसाउने । सुताउनु हुँदैन ।

–  पीडितलाई एक्लै नछाडौ । आसपासमा भिड नगरौ ।

-अस्थमा पीडितले सधै आफुसँग इन्हेलर र रिलिभर पफर राखेका हुन्छन्, त्यसैले ढिला नगरी रिलिभर पफ दिनुपर्छ ।

बेहोस भएमा

– पीडितलाई खुला हावा आउने स्थानमा राखौं । आसपासमा भिड नगरौं ।

– खुट्टामा दुई तीन वटा सिरानी राखेर अग्लो बनाइदिनुपर्छ ।

-यदि हात खुट्टा चिसो भयो भने, तताइदिनुपर्छ । मसाज गरिदिनुपर्छ ।

– पानी, कागति पानी आदि पिउन दिनुपर्छ ।

हड्डी भाँचिएमा

-चोट लागेको ठाउँमा सपोर्ट नदिई यताउता हल्लाउन हुँदैन । त्यहाँ कुनै किसिमको दबाव पनि दिनु हुँदैन ।

– यदि हल्लाउनु परेमा, भाँचिएको ठाउँमा कुनै कार्टुन आदिले सपोर्ट गर्ने । र, त्यसमा सावधानपूर्वक कपडाले बाँध्नुपर्छ ।

– सुन्निएको कम गर्न तथा दुखाई कम गर्न आइस प्रभावित ठाउँमा बरफले रगड्नुपर्छ ।

– कुनै असाइनमेन्ट बिना तेलले मालिस नगरौ ।

आगोले जलेको अवस्थामा

-कपडामा आगो लाग्यो भने यता उता भाग्नु होइन, बरु जमिन रोल गर्नुपर्छ ।

-जलेको व्यक्तिमा पानी हाल्ने होइन, बरु कम्बलले लपेट्नुपर्छ ।

– पीडितलाई सुरक्षित स्थानमा लगेर कपडा परिवर्नत गरिदिनुपर्छ ।

– जलेको ठाउँमा बरफ  लगाउने गल्ती गर्नु हुँदैन । बरु चिसो पानी हाल्नुपर्छ ।

–  जलेको ठाउँमा कम दुखाई वा कम जलन होस् भन्नका लागि घिउकुमारी जेल लगाइदिनुपर्छ ।

सडक दुर्घटनामा

-रगत बगिरहेको छ भने त्यसलाई रोक्नका लागि रगत बगिरहेको ठाउँलाई जोरसँग दबाउनुपर्छ । वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।

-दुर्घटनाग्रस्त व्यक्तिको सास र मुटुको चाल जाँच गर्नुपर्छ ।

-सडक दुर्घटनाको क्रममा टाउको वा मेरुदण्डमा चोट लाग्यो भने धेरै हलचल गर्न दिनु हुँदैन ।

– धेरै हतास भयो वा छटपटी भयो भने पीडितको हात र  खुट्टामा मसाज गरिदिनुपर्छ ।

यो पनि,,,के हो पेप्टिक अल्सर ?

पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ ।

यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो तालमेल बिग्रिएपछि अल्सर हुन्छ । व्यक्तिमा शारीरिक वा भावनात्मक तनाव पहिलेदेखि नै छ भने यसले पेप्टिक अल्सरलाई बढाउन सक्छ ।

त्यस्तै केही औषधिको लगातार प्रयोग जस्तो दुखाई निवारक औषधिको कारणले पनि अल्सर हुन सक्छ । सामान्य रुपमा अल्सर नली पेट र सानो आन्द्राको माथिल्लो भागको झिल्लीमा हुन्छ ।

अल्सरको कारण एच पायलोरी ब्याक्टेरिया

पेप्टिक अल्सरको सबैभन्दा प्रमुख कारण एच पायलोरी ब्याक्टेरिया हो । खानपान र पेटमा एसिड बन्नाले मात्रै पेप्टिक अल्सर हुँदैन बरु यसको लागि एच पायलोरी ब्याक्टेरिया पनि दोषी छ ।

यो ब्याक्टेरिया दिशा र फोहोर पानीबाट फैलन्छ । वर्षातको मौसममा दुर्गन्धको समस्या अरु मौसममा भन्दा धेरै हुन्छ । शारीरिक सक्रियता कम हुने र रोग प्रतिरोधी तन्त्रमा हुनेवाला परिवर्तन पनि यो ब्याक्टेरिया बनाउन सहायक हुन्छ । धेरै तारेका चिल्लो र मसालेदार खानाको साथै चिया कफीको धेरै सेवन गर्नाले पनि पेटमा एसिडको स्तर बढाउँछ ।

अल्सरको लक्षणमा एसिडिटी हुने, पेट फुल्ने, ग्याँस बन्ने, पखाला लाग्ने, कब्जियत, वान्ता हुने आदि प्रमुख हुन ।

पेप्टिक अल्सर भएमा श्वासप्रश्वासमा पनि समस्या हुन्छ । पाचनमा समस्याको कारण कहिलेकाँही एसिड आहारनलीमै आउँछ । जसले टाउको दुख्ने र दुखाई महसुस हुन्छ र यस्तो लाग्छ कि मुटु सम्बन्धी कुनै रोग लागेको छ । यसको असर घाँटी, दाँत, श्वास आदिमा पर्न थाल्छ ।

समयमै उपचार गर्नु जरुरी

पेप्टिक अल्सरको कारण एनिमिया, दिशा गर्दा रगत आउने हुन्छ र लामो समयसम्म अल्सर निको नभएमा पेटको क्यान्सरको आशंका पढ्छ । आन्तरिक रक्तश्राव हुने कारणले शरीरमा रगतको कमी हुन्छ ।

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्छ जसले आन्द्रामा गम्भिर संक्रमणको खतरा बढ्छ । पेप्टिक अल्सरले पेटको तन्तुहरुलाई पनि क्षतिग्रस्त गर्न सक्छ जसले पाचन मार्गमा भोजन प्रवाहमा बाधा पुर्याउँछ यसै कारण पेट छिटै भरिने उल्टी हुने र तौल कम हुने समस्या हुन्छ ।

के नगर्ने ?

-पेप्टिक अल्सरबाट बच्न छ भने धुम्रपान नगर्नुहोस् ।

-तमाखुयुक्त पदार्थबाट टाढै रहनुहोस् ।

-मांसाहार, क्याफित तथा मदिराको सेवन नगर्नुहोस् ।

-चिल्लो, पिरो र मसालेदार भोजबाट बच्नुहोस्

२. शरीरमा हुन नदिनुहोस् आइरनको कमी

बच्चालाई जन्म दिएपछि धेरै महिलाहरुलाई कुपोषणको समस्याबाट गुज्रिनुपर्छ । बच्चा जन्मेलगत्तै कुपोषणको नराम्रो असर आमा र बच्चा दुवैमा पर्छ । गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाको लागि घातक हुन सक्छ ।

गर्भावस्था पनि कुपोषणको कारण

स्तनपान यसको सबैभन्दा पहिलो र मुख्य कारण हो । बच्चालाई दुध पिलाउने आमालाई दैनिक कम्तीमा पनि दैनिक १००० क्यालोरी उर्जाको आवश्यकता हुन्छ । धेरै महिलाहरुलाई यसबारेमा थाहा हुँदैन त्यसै कारण उनीहरु डिहाइड्रेशन, भिटामिन वा मिनरल्सको कमी र कहिलेकाँही रगतको कमीको पनि शिकार हुन्छन् ।

बच्चाको जन्मभन्दा पहिले र पछि भिटामिनको सेवन गर्नु धेरै आवश्यक छ । फोलिक एसिड पानीमा घुलेर शरीरबाट बाहिर निस्कन्छ । जस कारण धेरै जसो बच्चा जन्मिएपछि महिलाहरु फोलिक एसिडको कमीको कारण एनिमियाबाट ग्रस्त हुन्छन् । त्यसैले फोलिक एसिडयुक्त खानेकुराहरु जस्तै हरियो सागसब्जी, सुन्तला, कागती जस्ता खानेकुरा खानुपर्छ ।

नवजात शिशुको लागि जोखिम

गर्भवती महिलाहरुमा कुपोषणको नराम्रो असर उनीहरुको पेटमा बढीरहेका बच्चामा पर्छ । बच्चाको विकास ठिक ढंगले हुँदैन र जन्मको समयमा उनीहरुको तौल सामान्यभन्दा कम हुन्छ ।

गर्भावस्थाको क्रममा कुपोषण र जन्मको समय कम तौलको नराम्रो असर बच्चामा पर्छ जसको विभिन्न परिणामहरु हुन सक्छन् । यदि गर्भावस्थाको क्रममा आमालाई पोषणको कमी भएको छ भने बच्चाले आफ्नो जीवनमा निम्न रोगहरुको सामना गर्नुपर्छ

बच्चालाई अस्टियोपोरोसिस, क्रोनिक किड्नी फेल्यर, मुटुरोग, टाइप २ मधुमेह, फोक्सोको रोग आदि लाग्ने समस्या हुन्छ ।

आमाको लागि समस्या

यदि गर्भावस्थाको क्रममा आमामा पोषणको कमी छ भने यो घातक पनि हुन सक्छ । यस बाहेक बच्चाको जन्म समयभन्दा अगाडि हुनु, गर्भपात जस्ता समस्याहरु हुन सक्छ ।

महिलाहरुमा अरु पनि धेरै समस्याहरु हुन्छन् जस्तै संक्रमण, एनिमिया अर्थात रगतको कमी उत्पादकतामा कमी सुस्टी र कमजोरी आदी

कुपोषणलाई कसरी रोक्ने ?

कुपोषणलाई सन्तुलिन आहारको सेवनबाट रोक्न सकिन्छ । महिलाहरुलाई गर्भावस्थाको क्रममा पर्याप्त मात्रामा फलफूm, सागसब्जी, पानी, फाइबर, प्रोटिन, बोसो एवम् कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ ।

पोषण सम्बन्धी आवश्यकता

आइरन

शरीरमा हेमोग्लोबिन बनाउनको लागि आइरन धेरै आवश्यक छ । हेमोग्लोबिन रातो रक्तकोषहरुमा पाइन्छ जसले पुरै शरीरिमा अक्सिजन पुर्याउँछ । यदि हाम्रो शरीरमा रातो रक्तकोषहरुको कमी भएमा सबै अंगसम्म अक्जिसन पर्याप्त मात्रामा पुग्दैन ।

तपाईं आइरनको सेवन ठिकसँग गर्नुहुन्न भने विस्तारै विस्तारै हेमोग्लोबिनको कमी हुन थाल्छ र तपाईं एनिमिक हुनुहुन्छ । तपाई आफ्नो शरीरमा उर्जाको कमी महसुस गर्नुहुन्छ । तपाईंको शरीरमा रोगसँग लड्ने तागत हुँदैन ।

बच्चालाई जन्म दिए पछि धेरै जसो महिलाहरु थकान र कमजोरी महसुस गर्छन् । यस्तोमा उनीहरले आइरनयुक्त खानेकुराको सेवन गर्नुपर्छ । बच्चाको जन्मको क्रममा महिलाहरुको धेरै रक्तश्राव हुन्छ र यसैकारणले रगतको कमी हुन्छ त्यसैले आफ्नो आहारमा पर्याप्त मात्रामा आइरन समावेश गर्नुहोस् ।

ग्लुकोज

शरीरमा आइरनको सही अवशोषणको लागि ग्लूकोज पनि धेरै महत्वपूर्ण छ । यसले आइरनलाई तिव्र रुपमा अवशोषण हुनुको साथसाथै शरीरलाई उर्जा पनि मिल्छ ।

बच्चाको जन्म पछि धेरै महिलाहरु एकदम आफ्नो तौल कम गर्न चाहन्छन् । जुन कारणले उचित आहारको सेवन गर्न पाउँदैनन् । यो हानीकारक हुन सक्छ । स्तनपान गराउनाले तौल आँफै कम हुन्छ ।

जबकी स्तनपान गाउने आमालाई दैनिक ३०० अतिरिक्त क्यालोरी को आवश्यकता हुन्छ ।

यसैले सन्तुलित आहारको साथसाथै व्यायाम गर्नुहोस् र अतिरिक्त क्यालोरीको सेवनबाट बँच्नुहोस् । यदि नर्मल डेलिभरी भयो भने तपाईं बच्चालाई जन्म दिएको केही समयपछि हल्का व्यायाम सुरु गर्न सक्नुहुन्छ । तर, सी सेक्सन पनि ६ सातासम्म व्यायाम गर्नुहुन्न ।

यो पनि,,पार्किन्सन रोग के हो ?

पार्किन्सन रोग तन्त्रिका वा शरीरको सूक्ष्म अंगहरूमा हुने फैलावट वा विकास हो । जसले तपाईंको हरेक गतिविधिलाई बिस्तारै प्रभावित गराउँदै जाने गर्छ । पार्किन्सन मानव शरीरमा बिस्तारै बिस्तारै विकसित हुँदै जाने समस्या हो । कहिलेकाहीँ केवल एक हातमा मात्रै कम्पन उत्पन्न भएर यसको संकेत गर्ने गर्छ भने कहिले शरीर नै काम्न थाल्ने गर्छ ।

जब पार्किन्सन रोगको सबैभन्दा मुख्य संकेत बन्ने गर्छ त्यसपछि मान्छेमा अस्वाभाविक कम्पन भएर ऊ बेहोस समेत हुन सक्छ । पार्किन्सन रोगको सुरुवाती चरणमा तपाईंको अनुहारमा देखिने हाउभाउ शिथिल हुँदै जाने गर्छ ।

पार्किन्सन रोगको लक्षण

यस रोगको लक्षण र संकेत हरेक व्यक्तिमा भिन्न हुन सक्छ । यसको सुरुवातमा पूरा संकेत नदेखिन सक्छ । सुरुवाती संकेत कम हुन सक्छ र सहजै यसलाई पत्ता लगाउन नसकिने पनि हुन सक्छ । यसको लक्षण अक्सर तपाईंको शरीरको एक तर्फको हिस्सामा देख्न सुरु हुन्छ र स्थिति धेरै खराब हुँदै जान्छ । यसपछि पूरा शरीर यसको लक्षणबाट प्रभावित हुँदै जाने गर्छ ।

पार्किन्सन रोगको संकेत र लक्षणहरु निम्नानुसार छन् ।

कम्पन :हिँडडुल गर्दा वा त्यसै बस्दा पनि तपाईंको हात र औंलाहरु काम्न सुरु हुन्छ । यसको कारण तपाईंका औंला र तर्जनीलाई एकअर्काेमा रगड्न सुरु गर्नुहोस् । जसलाई पिल–रोलिङ ट्रेमर भन्ने गरिन्छ । शरीर वा हात काप्नु पार्किंन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा तपाईंको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।

काममा सुस्तता : यो रोग लागेपछि तपाईंको हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । तपाईंँले हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ ।

कठोर मांशपेशीहरू : तपाईंको शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् ।

स्वचालित गतिविधिमा हानि हुनु : पार्किन्सनका बिरामीमा अचेत कार्य गर्ने क्षमतामा कमी आउन सक्छ । जसमा आँखीभौंहरू झिम्काउनु, मुस्कुराउनु या हात हिँडडुल गराउनु आदि पनि यसमा सामेल हुन्छन् । कुराकानी गर्ने समय अनुहारमा धेरै समयको लागि हाउभाउ गर्न सकिँदैन ।

आवाजमा परिवर्तन हुनु : पार्किन्सन रोगको परिणामी स्वरूप उच्चाहरणसम्बन्धी समस्याहरू हुन सक्छ । तपाईंको स्वर कम तीव्र वा अस्पष्ट हुने पनि यही रोगको समस्या हुन सक्छ ।

पार्किन्सन रोगको कारण र जोखिमको कारक

पार्किन्सन रोगमा मस्तिष्कमा उपस्थित केही तन्त्रिका वा कोशिकाहरू बिस्तारैबिस्तारै खराब हुन थाल्छन् या नष्ट हुन सक्छ । न्यूरोन्सहरुले हाम्रो मस्तिष्कमा डोपामाइन नामको रसायन उत्पन्न गर्छन् । डोपामाइनको स्तरमा आउनेवाला कमी असामान्य मस्तिष्कको गतिविधिका कारण बन्ने गर्छ । जसको परिणाम स्वरुप पार्किन्सन रोगको संकेत मिल्ने गर्छ । पार्किन्सन रोगको कारण अज्ञात हुन्छ ।

तपाईंको जीन : शोधकर्ताहरुले विशिष्ट जेनेटिक उत्परिवर्तनहरुको पहिचान गरेको छ । जुन पार्किन्सनका बिरामीको कारण बन्न सक्छ । तर यो पार्किन्सन रोगबाट प्रभावित परिवारका सदस्यहरू वाला दुर्लभ मामलाका अलावा असामान्य हुने गर्छ ।

पर्यावरणसँग सम्बन्धित कारण :  केही विषाक्त पदार्थहरु या पर्यावरणीय प्रभावले अन्तिम चरणको पार्किन्सन रोगीहरुलाई जोखिम बढाउन सक्छ । तर समग्रमा यसबाट पार्किन्सन रोगको जोखिम कम हुन्छ ।

संक्षेपमा पार्किन्सनका बिरामीको लागि उत्तरदायी कारकको पहिचान गर्नको लागि अहिले अधिक शोध गर्नु आवश्यक छ ।

पार्किन्सन्सको जोखिम कारक के हो ?

पार्किन्सन रोगको जोखिमका कारकहरू निम्नानुसार छन्

बढ्दो आयु – पार्किन्सन रोग युवाहरूमा धेरै कम पाउने गरिएको हुन्छ । यो आम रूपमा जीवनको मध्य या अन्तिम अवस्थाको समयमा सुरु हुने गर्छ र उमेरको साथ जोखिम पनि बढ्दै जान्छ । यसका बिरामी सामान्य रूपमा हेर्दा ६० वर्ष या सोभन्दा अधिक उमेर पुगेपछि हुने गर्छन् ।

आनुवांशिकता – तपाईंको कुनै नजिकको आफन्तलाई पार्किन्सनको समस्या छ भने तपाईंमा पनि यो समस्या बल्झिने सम्भावना बढी हुन्छ । जबसम्म तपाईंको परिवारमा कसैलाई पनि यो समस्या छैन भने तपाईंमा यो समस्या देखिने सम्भावना अत्यन्त न्यून हुन्छ ।

पुरुषहरुलाई जोखिम अधिक – महिलाहरुको तुलनामा पुरुषहरुमा पार्किन्सन रोग विकसित हुने सम्भावना अधिक हुने गर्छ ।

विषाक्त पदार्थको सम्पर्कमा आउनु – वनस्पतिनाशक र कीटनाशकको औषधिको निरन्तर सम्पर्कमा आउनुले तपाईंको पार्किन्सन रोगबाट ग्रसित हुने खतरा धेरै हुन सक्छ ।

पार्किन्सन रोगबाट बच्ने तरिका

पार्किन्सन रोगको कारण अज्ञात हुन्छ । यसकारण यसको रोकथामको तरिका पनि एक रहस्य नै हो । अहिले केही शोधबाट पत्ता लागेको छ कि कफी, चिया र कोकाकोलामा पाइने कफिन पार्किन्सन रोगको जोखिम कम गर्ने औषधि हो । ग्रीन टीले पनि यसको खतरालाई कम गर्ने गर्छ । नियमित एरोबिक व्यायामले पनि यस रोगको जोखिमलाई कम गर्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button