प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसकारण बधाई तथा शुभकामना नदिने

मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल बधाई तथा शुभकामना नदिने बुझिएको छ ।

नियम अनुसार पदभार ग्रहण गरेका देउवाले एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रवाधान भएकाले देउवाले विश्वासको मत पाएपछि मात्र मोदीले बधाई तथा शुभकामना दिने जनाइएको छ ।

हिजो मात्रै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भनेर देउवा निवास मै गई बधाई तथा शुधकामना दिएका थिए । स्रोतका अनुसार मोदी देउवाको वश्वासको मतमा पखाईमा छन् । स्रोतका अनुसार आज भारतीय विदेशमन्त्री एस। जयशंकरले प्रधानमन्त्री देउवालाई फोनमार्फत बधाई दिने जनाइएको छ । देउवा सर्वोच्चको परमादेश पछि पाँचौ पटक प्रधानमन्त्री भएका हुन् ।

देउवा मन्त्रि भएको केहि दिनमै माधव नेपालको हातमा …..

यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ ।

एमाले भित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ ।

यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरू दुई जनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली झनै चिढिएका छन् ।

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनर्स्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो ।

हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरका एक महिनामै ढल्ने र प्रतिनिधिसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ ।

त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन् । नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनोफानो हुनु पर्ने बताउँछन् ।

यसैबीच ओलीले नेपाललाई पार्टीभित्र कुनै स्थान नभएको बताएपछि एमाले एकता थप अन्योलमा परेको छ। ओलीको सो अभिव्यक्तिलगत्तै देउवा नेपालनिवास पुगेका थिए।

त्यसक्रममा उनले नेपालसँग विश्वासको मत मागेका थिए। नेपालले आफू निकटका सांसदलाई राखेर देउवालाई आश्वस्त पारेका थिए। देउवापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास पुगेर सरकार टिकाउने विषयमा छलफल गरेका छन्।

तर यी भेटघाट ओलीलाई मन परेका छैनन्।

माओवादी अध्यक्ष दाहाल नेपाल निवासमा गएको विषयलाई त ओलीले पार्टी एकता खलबल्याउने प्रयासका रूपमा समेत चित्रण गरेका छन् ।

देउवाले चाँडै नै विश्वासको मत लिने तयारी गरेपछि एमाले संसदीय दलको नेतासमेत रहेका ओलीले संसदीय दलको बैठक बोलाएका छन्। ओलीले शुक्रबार ३ बजे बानेश्वरको लोत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्।

नेपाल पक्षका नेताले त्यसलाई सार्न प्रस्ताव गरेका छन्। उनीहरूबीच संसदीय दलको बैठकमा जाने–नजानेबारे निर्णय नभए पनि विरोध खतिवडा, मेटमणि चौधरीलगायतका सांसदले नजाने बताएका छन्।

नेपाल पक्षका तर्फबाट एमाले एकता कार्यदलमा रहेका सबै नेताले शुक्रबारको संसदीय दलको बैठक केही दिन सार्न प्रस्ताव गरेका छन्। नेपाल पक्षबाट कार्यदलमा रहेका नेताको छलफलपछि उनीहरूले ओलीसमक्ष संसदीय दलको बैठक सार्न प्रस्ताव गरेका हुन्।आजको नागरिक दैनिकमा समाचार छ ।

के पूर्वमन्त्री प्रेम आले मन्त्री माग्दै देउवाको ढोकामा पुगेका हुन् ?

पूर्व वनमन्त्री एवं सांसद प्रेमबहादुर आलेले मन्त्रीका लागि बूढानीलकण्ठ धाएको तथा माधव नेपाल गुटमा लाग्ने तयारीको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

ढाडको नसा च्यापिएर घरमा आराम गरिरहेको भन्दै उनले विज्ञप्तिमार्फत आफू नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्नेमा दृढ रहेको बताएका छन् ।

‘केही हप्तादेखि मेरो ढाडको नसा च्यापिएर ब्ल्यू लोटस अस्पताल त्रिपुरेश्वर, काठमाडौमा फिजियोथेरापी गरी आफ्नो घरमा आराम गरिरहेको अवस्थामा मेरो नाम जोडेर केही सन्चारमाध्यमले मन्त्री हुनका लागि बूढानीलकण्ठदेखि माधव नेपाल गुटमा लाग्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, आलेले लेखेका छन्,

‘ म मन्त्री पद प्राप्त गर्न कुनै शक्ति केन्द्र वा नेताको घरमा गएको छैन तर नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने मेरो दृढ़ मान्यता छ ।

’आफ्नो प्रतिक्रियाबेगर भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै उनले गुनासोसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button