प्रधानमन्त्री र राष्ट्रपतिको वार्तालाप : येस्तो बिषयमा भयो कुरा !
४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको हो।
भेटमा सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन ।
प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
+1
+1
3