प्रधानमन्त्रीबाट बाहिरिन ओलीले खुट्टा उचालेर बस्दा हुन्छ: माधव नेपाल

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनुपर्ने बताएका छन् ।

 नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा उनले भने– ‘काम चलाउ प्रधानमन्त्री मात्र अब उहाँ प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ ।

 केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको उनले बताए ।  ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन । हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।’  

पार्टीमा आफूसँग  ७२ प्रतिशत रहेको भन्दै केपी ओलीले विधान विपरित केन्द्रीय संख्या थप्दै गएको नेपालले बताए । ‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ ।

त्यहाँ मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन।’ ओलीमाथि थप कदम चाल्नुपर्ने अवस्था आएको र आजको बैठकमा गम्भीर छलफल हुने नेपालले बताए । उनले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने बताए ।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button